‘गाेपाल श्रेष्ठ’ नेपाल क्याेकुशिन कान कराते सर्लाहीको अध्यक्षमा चयन

लालबन्दी, असार २२ : नेपाल क्योकुशिन कान कराते सर्लाही जिल्ला अध्यक्षमा गोपाल श्रेष्ठ निर्विरोध चयन भएका छन् ।

निवर्तमान अध्यक्ष गोविन्द महतको अध्यक्षतामा होटल युनाइटेड इन लालबन्दीमा सम्पन्न साधारणसभाले श्रेष्ठ अध्यक्ष रहने गरि ७ सदस्य जिल्ला कार्यसमिति चयन गरेको हो ।

नवनिर्वाचित अन्य पदाधिकारीहरूमा बिजु लामा उपाध्यक्ष, शशि देवकोटा सचिव, सजिना वाइबा सहसचिव, सहदेब केसी कोषाध्यक्ष, शक्ति साह र विश्व लामा सदस्य रहेका छन् । साधारणसभाले संस्थापक अध्यक्ष एवम् प्रशिक्षक भिम प्रसाद काफ्ले (सुवास) र सत्यनारायण चौधरी शशिलाई सल्लाहकार चयन गरेको छ ।

साधारणसभामा लालबन्दी ४ का वडाध्यक्ष सत्यनारायण चौधरी ५ का वडाध्यक्ष मीन प्रसाद ढुंगेल, ७ का वडाध्यक्ष गोपाल कार्की र ९ का वडाध्यक्ष नारायण अधिकारीले शारीरिक तन्दुरुस्ती र नगरको गौरव बढाउने खेल क्षेत्रको बिकाशमा वडाको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

नवनिर्वाचित अध्यक्ष श्रेष्ठले क्योकुशिन कान करातेको माध्यमबाट नगर, जिल्ला हुँदै राष्ट्रकै गौरव बढाउने दिशामा आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गरेका कार्यक्रममा सहभागी खेलाडी विजय विश्वकर्माले बताए ।

साधारणसभामा खेल प्रेमी समाजका अगुवा,पूर्व तथा वर्तमान खेलाडीको उल्लेखनीय उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?

कपनमा भीषण आगलागी, एक जनाको मृत्यु

कपनमा भीषण आगलागी, एक जनाको मृत्यु

२०७९ आश्विन ५, बुधबार १४:४६ गते
एमाले गठबन्धन सरकारको संकेत

एमाले गठबन्धन सरकारको संकेत

२०७९ मंसिर १३, मंगलवार ११:२५ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते