मुक्तेश्वरनाथ मन्दिर धार्मिक करिडोरमा जोडिने : मन्त्री यादव

बरहथवा, साउन २९ । मधेश प्रदेश सरकारकी उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री सुनिता यादवले मुक्तेश्वरनाथ मन्दिर धार्मिक करिडोरमा जोडिने बताएकी छिन् । साउनको अन्तिम सोमबार सर्लाहीको बरहथवा नगरपालिका–९, मा रहेको मुक्तेश्वर मन्दिरको दर्शन पछि सम्बोधन गर्दै उन्ले यस्तो बताएकी हुन् ।

ऐतिहासिक धरोहरको रुपमा रहेको यस मुक्तेश्वर मन्दिरलाई धार्मिक करिडोरमा जोडेर पर्यटकिए हिसावले विकास गर्ने कुरामा मधेश प्रदेश सरकार पर्यटन मन्त्रालयको तर्फबाट सक्दो सहयोग गर्ने समेत उन्ले प्रतिवद्धता ब्यक्त गरिन । स्थानीय जनसमुदायको आस्था सगँ जोडिएको मठमन्दिर संरक्षण तथा प्रवर्धन आजको आवश्यक्ता भएको उन्को तर्क छ । यस मन्दिरको ऐतिहासिकताको बिषयमा आफुले पहिलो पटक जानकारी पाएको बताउदै प्रचारप्रसारलाई समेत जोडदिन जरुरी रहेको बताईन् । प्रदेश सरकार सगँ प्रयाप्त बजेट नभएको र त्यसमा पनि टुक्रे योजनाका कारण बजेट विनियोजनमा समस्या भएको मन्त्री यादवका भनाई थियो ।

कार्यक्रमा बोल्दै उक्त वडाका वडाध्यक्ष समेत रहेका तुलसी लुईटेलले मन्दिरको ऐतिहासिकता एकिन गर्नुपर्ने बताएका छन् । लामो समय देखी भग्नाअवसेसको रुपमा रहेको मन्दिरको केही समय पहिलामात्र पुरातत्व विभागले पुनः निर्माण गरेको थियो । पुनः निर्माणको क्रममा फेला परेका लिपिबाट यस मन्दिर हजारै बर्ष पुरानो भएको शंकेत गरेको उन्ले दावी गरे । मन्दिर पुनः निर्माणको क्रममा ढुगामा कुदिएको ब्राम्ही लिपी फेला परेको छ । ढुंगामा ब्राम्ही लिपी फेला परेको बताउदै वडाध्यक्ष लुईटेलले त्यो लिपी आज भन्दा २ हजार बर्ष भन्दा पनि पहिला चलन रहेको विभिन्न तथ्यबाट फेला परेको बताए । यो लिपी ईसा पुर्व नै चलन चल्तीमा रहेको हाल सम्मको अध्यनबाट खुलेको उन्को दावी छ । त्यस कारण पनि यो मन्दिर २ हजार बर्ष पहिला निर्माण भएको दावा गर्न सकिने वडाध्यक्ष लुईटेलले बताए ।

साउनको अन्तिम सोमबार शिवालयमा भक्तजनको भिड

मन्दिर ११ औँ वा १२ औँ सताब्दी भन्दा पहिला निर्माण भएको आंकलन गरिरेहेको अवस्थामा निर्माणको क्रममा अझै पुरानो लिपी फेला परेको हो । वडाध्यक्ष लुईटेलले यसको थप अनुसन्धान गर्न पनि मागँ गरे । प्रयाप्त बजेट अभावमा उचित संरक्षण हुन नसक्दा यस मन्दिर जिल्ला बाहिर गुमनाम जस्तै बनेको छ । कार्यक्रमा बोल्दै बरहथवा नगरपालिकाकी मेयर कल्पना कटुवाले मन्दिरको सम्बर्धन र प्रवर्धनमा जोड दिईएको बताईन् । यस्तै कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य जवाहरलाल कुशवाहले मन्दिरको उचित संरक्षण हुन नसकेको बताए ।

मुक्तेश्वर क्षेत्रलाई पर्यटकिय क्षेत्र बनाउने बिषयमा गंम्भिर बन्नुपर्नेमा उन्ले जोड दिए । यस क्षेत्रमा ऐतिहासीक स्थल धेरै भएकोले पर्यटकिय क्षेत्रमा विकास गर्न सकिने सांसद कुशवाहले बताए । आगामि दिनमा यस क्षेत्रको विकासमा बिषेश पहल हुनेमा आफु ढुक्करहेको सांसद कुशवाहले बिश्वास समेत ब्यक्त गरे । कार्यक्रमको अन्तिममा मन्त्री यादवले मन्दिर परिसरमा बृक्षारोपण समेत गरिन् । मन्दिर परिसरलाई पर्यटकिय हिसावले विकास गर्न सके नगरकै पहिचान बन्ने स्थानीयको भनाई छ । मन्दिर आसपासका क्षेत्रमा ४ फिट गहिरो खाडल खन्दा अहिले पनि विभिन्न पुरातन सामग्री फेला पर्ने गरेको तथा ईट्टा बिच्छाईएको फेला पर्ने गरेको स्थानीयको भनाई छ ।

मन्दिरको नजिकै निकै पुरानो पोखरी लगाएतका अन्य संरचना समेत छन् । वडाध्यक्ष लुईटेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवं जिल्ला इन्चार्ज अच्युतम काफले, बरहथवा नगरपालिकाका निवर्तमान मेयर देवानन्द महतो लगाएतको आतिथ्यता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

बयलवासमा रेशम चौधरीलाई भव्य स्वागत

बयलवासमा रेशम चौधरीलाई भव्य स्वागत

२०८० असार ८, शुक्रबार १५:३७ गते
सोमबार राम-जानकी विवाह महोत्सव मनाइँदै

सोमबार राम-जानकी विवाह महोत्सव मनाइँदै

२०७९ मंसिर १२, सोमबार १०:५८ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते