करिव १७ लाख बराबरको भन्सार छलिका समान सर्लाही प्रहरीको नियन्त्रणमा

मलंगवा । सर्लाही प्रहरीले ठुलो परिमाणमा भन्सार छलिका समान बरामद गरेर सार्वजनिक गरेको छ । जिल्लाका विभिन्न स्थानहरुबाट प्रहरीले दुई वटा सवारी साधनसहित १६ लाख बढीको भन्सार छलीका सामान बरामद गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाही र मातहतका प्रहरी युनिटहरुबाट खटिएका प्रहरी कर्माचारीहरुले जिल्लाका विभिन्न स्थानबाट दुई वटा सवारी साधनहरु सहित अन्दाजी मुल्य रु १६ लाख ९७ हजार ६ सय २० बराबरको भन्सार छलीका विभिन्न सामानहरु नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता, प्रहरी नायव उपरिक्षक दिपेन्द्र पंजियार थारुले जानकारी दिए ।

साथै, प्रहरीले अबैध रुपमा सामाग्रीहरु भन्सार छली गरि नेपालतर्फ समान ल्यान प्रयोग गरिएको एउटा बिआर ३३ एन ७५७२ भारतीय नम्बर प्लेटको मोटरसाईकलसमेत बरामद गरेको छ । बरामद सामान र मोटरसाईकल आवश्यक कारवाहीका लागि जिल्ला भन्सार कार्यालय मलंगवामा बुझाइएको प्रवक्ता पंजियार थारुले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते