स्थानीय सरकारको सार्वजनिक सेवामा नागरिक सन्तुष्टिको मापन गर्दै हरिवनका युवा

हरिवन । सर्लाहीको हरिवनमा युवाहरुले नगरपालिकाको सार्वजनिक सेवाबाट नगरबासी कति सन्तुष्ट छन् भन्ने कुराको मापन सुरु गरेका छन् ।

स्थानिय शासन प्रकृयामा युवा संलग्नता (प्रोएल) प्रोजेक्ट अन्तर्गत युरोपिएन युनियन, हेल्बेटास नेपालको आर्थिक सहयोगमा सहयोगी समाजले हरिवन नगरपालिकाका युवाहरुलाई शुसासन अभ्यास तालिम प्रदान गरेको थियो । सोहि तालिममा सहभागीहरुले अहिले हरिवन नगरपालिकाका घरघर पुगेर नागरिक सन्तुष्टि सर्वेक्षण गरिरहेका हुन ।

हरिवनका युवा एवं सुशासन अभ्यासकर्ता अस्मिता परियार, अन्जिता भुजेल, रोहन श्रेष्ठ, बिपुल कुशवाह र जनक तामाङले नगरपालिकाको तर्फबाट प्रदान हुने सार्वजनिक सेवाबाट नगरबासिको सन्तुष्टि मापन सुरु गरेका हुन । हरिवन नगरपालिकाको ११ वटा वडामध्ये पहिलो चरणमा वडा नं. १, २, ३, ४ र ७ को बिभिन्न बस्तीमा पुगेर सो कार्य गरिएको कार्यक्रम संयोजक अस्मिता परियारले जानकारी दिईन ।

नागरिक सर्वेक्षणबाट आएका प्रतिवेदनको आधारमा सरोकारवालासंग अन्तरक्रिया गरिने र आवश्यकताको आधारमा सरोकारवालाहरुलाई ध्यानाकर्षणसहित खबरदारी पनि गर्ने योजना रहेको संयोजक परियारले बताईन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

एमाले गठबन्धन सरकारको संकेत

एमाले गठबन्धन सरकारको संकेत

२०७९ मंसिर १३, मंगलवार ११:२५ गते
हरिपुर नगरपालिकाको ११ औँ नगरसभा उद्घाटन

हरिपुर नगरपालिकाको ११ औँ नगरसभा उद्घाटन

२०७९ पुष २६, मंगलवार १०:५० गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते