हरिपुर नगरपालिकामा नयाँ हाकिमको रुपमा कमल बहादुर कार्कि हाजिर

हरिपुर । सर्लाहीको हरिपुर नगरपालिकामा नयाँ हाकिमको रुपमा कमल बहादुर कार्कि आउनुभएको छ । नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतको रुपमा कार्कि हाजिर हुनु भएको हो ।

लालबन्दी घर भएका कार्कि यसअधि जिल्ला समन्वय समिति सर्लाहीमा कार्यरत हुनुहुन्थ्यो । हरिपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिबाकर भुजेलको जिल्ला समन्वय समिती काभ्रेमा सरुवा भएपछि मंगलबार जिल्ला समन्वय समिती सर्लाहीबाट कार्कि हरिपुर नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतको रुपमा हाजिर हुनु भएको हो ।

हरिपुर नगरपालिकामा मंगलबार एक औपचारीक कार्यक्रममार्फत नगरप्रमुख गोपाल पंजियार, उपप्रमुख निलमदेवी राय यादवसहित कर्मचारीहरुले प्रमुख प्रशासकिय अधिकृत कार्किलाई पालिकामा स्वागत गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै कार्किले नियमसंगत ढंगबाट सबैसँग सहकार्य गर्दै काम गर्ने र त्यसै अनुसार अघि बढ्न कर्मचारीहरुलाई आग्रह गर्नुभएको थियो ।

त्यसैगरि नगरप्रमुख पंजियारले अब पालिका केन्द्रित मात्र नभई प्रदेश, संघ तथा बिभिन्न निकाय घुमेर बजेट ल्याउँदै तथा सहकार्य गर्दै पालीकाको बिकाश गर्नु आवश्यक रहेकोले आफुहरु त्यसतर्फ केन्द्रित हुनुपर्ने आवश्यकता रहेको बताउनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1

छुटाउनुभयो कि ?

विद्यालय बन्द गरेर भोट माग्न व्यस्त शिक्षक

विद्यालय बन्द गरेर भोट माग्न व्यस्त शिक्षक

२०७९ कार्तिक २९, मंगलवार ११:५९ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते