सेनाद्वारा कैलाशपुरीस्थित मानवसेवा आश्रममा सहयोग

हरिवन : पछिल्लो समय सर्लाहीमा सेनाले सामाजिक सेवाको कार्यमा सक्रियता बढाएको छ । केहि समय अघि मात्रै बिद्यालयमा बिद्यार्थीलाई शैक्षिक सामाग्री बाँडेको सेनाले बुधवार मानव सेवा आश्रममा पुगेर सेवा गरेको हो ।

लालबन्दी नगरपालिका वडा नम्बर १ मा रहेको सेनाको भैरवीदल गण पाँचकुमारी ब्यारेकले बुधबार मानव सेवाश्रम हरिवनमा सहयोग गरेको छ । गणले आफ्नो आन्तरिक श्रोतबाट हरिवन १ कैलाशपुरीमा रहेको मानव सेवाआश्रममा ३० थान मण्डी, ३०/३० थान तन्ना र सिरानीको खोल, ६ कार्टुन बिस्कुट हस्तान्तरण गर्दै बिहानको एक छाक भोजन गराएको हो ।

गणका गणपति प्रमुख सेनानी अभिषेक कार्कीका अनुसार नेपाली सेना मध्यपूर्वी पृतनाका पृतनापति उपरथी प्रेमध्वज अधिकारीको प्रमुख आतिथ्यतामा आश्रमलाई सहयोग गरिएको हो । कार्यक्रममा हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकी (कमल), श्री नं.९ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी शक्तिजंग बस्नेत, हरिवन १ का वडाध्यक्ष टमबहादुर घिसिङलगायतको आतिथ्यता रहेको थियो । सोही अवसरमा सेनाले आश्रममा शरण दिएर राखिएकाहरुका लागि निःशुल्क स्वास्थ्य शिविर समेत सम्पन्न गरेको छ ।

सेनाले आश्रमलाई सहयोग प्रदान गरेकै कार्यक्रममा सहभागी भएर गणको राशन आपूर्तिकर्ता श्याम जेनेरल स्टोर्सले समेत ५ सय केजी चामल, ५० केजी दाल, ५० केजी नुन, ५० केजी चिनी, ५० लिटर तेल र १५० थान फ्रुटी सहयोग गरेको बताईएको छ ।

कार्यक्रममा सहभागी पृतनापति उपरथी प्रेमध्वज अधिकारी र श्री नं.९ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी शक्तिजंग बस्नेतले सेनालाई यस्ता कार्यमा सहभागी गराउँदा सेना र समाजको सम्बन्ध अझ मजबुत हुने बताएका थिए ।

कार्यक्रममा आश्रमका तर्फबाट श्री नं.९ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी बस्नेत र भैरवीदल गण पाँचकुमारी ब्यारेकका गणपति अभिषेक कार्किलाई सम्मान पत्रसहित सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते