सरकारले ल्याएको अध्यादेश प्रमाणिकरणको माग गर्दै लालबन्दीमा थारु समुदायको प्रदर्शन

लालबन्दी : ‘क्षमा होईन न्याय देउ, हाम्रो देश, राम्रो अध्यादेश’ भन्दै सर्लाही जिल्लाका थारु समुदायले बिहिवार लालबन्दी बजारमा शान्तिपुर्ण ¥याली गरेका छन ।

थरुहट आन्दोलनका चर्चित नेता रेशम चौधरीसहितलाई जेलबाट रिहा गर्न सरकारले ल्याएको अध्यादेशलाई प्रमाणिकरणका लागी दवाब सिर्जना गर्नका लागी उनिहरुले बिहिवार लालबन्दीमा प्रदर्शन गरेका हुन । ‘जनताको लागी लडेको, जेलमै सड्नु परेको, लाल आयोग सार्वजनिक गर, चर्चित नेता गगन, धनगढिमा के बोलेथ्यौ भनन्’ लगाएतका नारा लगाउँदै लालबन्दीको वडा नम्बर ६ स्थित जनवादी चोकबाट लालबन्दी ७ बजारस्थित डुमडुमे मन्दिर अगाडीसम्म पुगेको प्रदर्शन त्यहाँ कोणसभामा परिणत भएको थियो ।

कोणसभामा बोल्दै थारु नेताहरुले जेलमा रहेका रेशम चौधरीलाई अविलम्ब रिहाई गर्नुपर्ने माग गरेका थिए । थरुवान संयुक्त संघर्ष समिति सर्लाहीका सभापति बलिराम चौधरीले रेशम चौधरीलाई सुनियोजित ढंगले फसाईएको बताएका छन । उनले कोणसभामा बोल्दै देशका ठुला पार्टीका नेताहरुले गरेको आन्दोलन चाहिँ राजनितिक आन्दोलन हुने र अरु साना पार्टीले गरेको किन नहुने, भन्दै प्रश्न गरेका छन । उनले कांग्रेस, माओवादी लगाएतका ठुला दलले गरेका आन्दोलनमा पनि हजारौँ मान्छे मारिएकै हुन भन्दै सरकारले ल्याएको अध्यादेश अविलम्ब प्रमाणिकरण गर्नुपर्ने र रेशम चौधरीलाई रिहा गर्नुपर्ने बताए ।

२०७२ साल भदौं ७ गते कैलालीको टीकापुरमा थारु आन्दोलन उत्कर्षमा पुगेको बेला डेढ वर्षीय नाबालकसहित आठ जना सुरक्षाकर्मीको सामूहिक हत्या भएको थियो । सोहि घट्नामा रेशम चौधरी दोषि ठहर भएका हुन ।

सरकारले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ११६ मा उपदफा ९ थपेर ‘राजनीतिक विद्रोहीहरू’ लाई आम माफी दिने प्रावधानसहित अध्यादेश ल्याएको हो । दफा ११६ मा अदालतमा विचाराधीन मुद्दा फिर्ता लिन नहुने उल्लेख भए पनि त्यसलाई संशोधन गर्दै आगामी दिनमा नजिरसमेत नबस्नेगरी सरकारले अध्यादेश ल्याएको छ ।

कतिपय नेताहरुले उक्त अध्यादेशको बिरोध गरिरहेका बेला नागरिक उन्मुक्ति पार्टी र थारु समुदायले काठमाण्डौँसहित देशका बिभिन्न भागमा आन्दोलन गरिरहेका छन ।

लालबन्दीमा थारु कल्याणकारीनी सभा, थरुहट/थरुवान संयुक्त संघर्ष समिति सर्लाहीको आयोजनामा भएको प्रदर्शनमा करिव २०० जनाको सहभागीता रहेको प्रदर्शनमा सहभागी अर्जुन चौधरीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

क्रिकेटको उपाधि जनज्योति माबिलाई

क्रिकेटको उपाधि जनज्योति माबिलाई

२०८० श्रावण २७, शनिबार ०८:५७ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते