श्रृजनशील लघुवित्तको कहिले हुन्छ होला आइपीओ बाँडफाँट ?

श्रृजनशील लघुवित्तको आइपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ । यसमा मागभन्दा ५६.८७ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । यसमा १९ लाख ५ हजार १८६ जनाले कुल २ करोड ९ लाख ६४ हजार ५० कित्ताको लागि आवेदन दिएका छन् ।

कम्पनीले भदौ १५ गतेदेखि कुल ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता साधारण सेयर निष्कासन गरेको हो । यो मध्ये ५% अथवा १९ हजार ६९० कित्ता सामूहिक लगानी कोष र ०.५% अर्थात् ५ हजार ४७० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो ।बाँकी ३ लाख ६८ हजार ५९० कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका हुन् ।

क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ्स नेपालले श्रृजनशील लघुवित्तलाई ‘केयर एनपी इस्यूअर रेटिङडबल बी माइनस’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व पूरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ । यो आइपीओमा सनराइज क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।श्रृजनशील लघुवित्तको आइपीओ अर्को हप्ताभित्र बाँडफाँट गर्ने प्रारम्भिक तयारी गरिएको छ ।

बिक्री प्रबन्धक सनराइज क्यापिटलका अनुसार आइतबार (भदौ २६ गते) आइपीओ बाँडफाँट गर्ने तयारी गरिएको छ । यद्दपी, अझै केही काम बाँकी रहेको र धितोपत्र बोर्डमा रिपोर्ट नपठाएकाले अन्तिम निर्णय भने भइनसकेको बिक्री प्रबन्धकले जनाएको छ । यस्तै, कुनै कारणले आइतबार नभएमा भने सोमबार (भदौ २७ गते) आइपीओ बाँडफाँट हुने बिक्री प्रबन्धकले जनाएको छ ।

मेरो लगानी बाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

लालबन्दी बजार सफाइ अभियान सुरु

लालबन्दी बजार सफाइ अभियान सुरु

२०८० बैशाख १६, शनिबार १३:५२ गते
किन टिकेन ‘ओली–प्रचण्ड’ गठबन्धन ?

किन टिकेन ‘ओली–प्रचण्ड’ गठबन्धन ?

२०७९ फाल्गुन १६, मंगलवार ०८:१६ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते