व्रतालुलाई शुभकामना दिँदै उमेदवार रहबर अंसारी

वीरगंज – आगामी मंसिर ४ गते हुने निर्वाचनमा प्रतिनिधि तथा प्रदेशसभा सदस्य पदका उम्मेदवारहरु छठ घाटमै पुगेर मत मागेको देखिएको छ । छठ मनाउन व्यस्त रहेका व्रतालुहरुको घाटमा पुगेर उम्मेदवारहरुले मत मागेका हुन् ।

यसैबिच,पर्सा क्षेत्र १(क) को उमेदवार रहबर अंसारीले व्रतालुहरुलाई शुभकामना दिंदै मत मागेका छन् ।

उनी घाट घाटमा पुगिरहँदा मतदाताहरु पनि उत्साहित देखिएका थिए । घाटमा पुगेका उम्मेदवार अंसारीलाई व्रतालुहरुले आफ्ना गुनासो र माग राखेका थिए ।

अंसारीले आफूहरुले पहिलो चरणको अभियान अन्तर्गत घरदैलो कार्यक्रम गरेको र आज मतदाताहरुसँग छठ घाटमै पुगेर आशिर्वाद थापेको बताए । उनले आस्थाको महापर्व छठमा पोखरी घाटहरुमा पुगेर छठि माताको दर्शन गर्नुका साथै मतदातासँग प्रत्यक्ष भेट्न पाउँदा आफू हर्षित भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

बयलवासमा रेशम चौधरीलाई भव्य स्वागत

बयलवासमा रेशम चौधरीलाई भव्य स्वागत

२०८० असार ८, शुक्रबार १५:३७ गते
लालबन्दी १६ मा अर्को बोरिङ

लालबन्दी १६ मा अर्को बोरिङ

२०८० श्रावण २७, शनिबार ०८:५३ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते