लालबन्दीमा स्थानिय तहमा जातिय भेदभाव विरुद्ध अन्तरकृया कार्यक्रम सम्पन्न

क्षितिज विश्वकर्मा, लालबन्दी । सर्लाहीको लालबन्दीमा स्थानिय तहमा जातिय भेदभाव विरुद्ध अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । दलित स्टोरी युवा क्लव लालबन्दीको आयोजनामा लालबन्दी ६ स्थित नगरपालिकाको पुरानो सभाहलमा कार्यक्रम गरिएको हो ।

लालबन्दी नगर उपप्रमुख कल्पनामाया पाख्रिनको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा लालबन्दी नगरपालिकाको १७ ओटै वडाका दलित जनप्रतिनिधि, मेयर, प्रमुख प्रशासकिय अधिकृत, शिक्षा शाखा प्रमुख लगाएतलाई आमन्त्रण गरिएको भएपनि सहभागीता संख्या भने कम भएको कार्यक्रमको सहयोगी सामरी उत्थान सेवाका मनोज कुमार पासवानले जानकारी दिनुभयो ।

कार्यक्रममा सहभागीहरुलाई नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका राजेश पासवानले दलित सशक्तिकरण ऐन २०७६ को बारेमा प्रशिक्षण दिनुभएको थियो । उहाँले त्यसभित्र समावेश बुँदाहरु, त्यस अन्तर्गत गठन हुने समिती र त्यसको अध्यक्षसहितका अन्य पदाधिकारीहरु को को रहन्छन भन्ने सम्बन्धमा जानकारी गराउनुभयो । पासवानले माननीय मुख्यमन्त्रीको अध्यक्षतामा जातीय भेदभाव तथा छुवाछुत अनुगमन समिति, माननीय समाजिक विकास मन्त्रीको अध्यक्षतामा दलित विकास समिति, प्रत्येक पालिकामा स्थानीय र जातीयविभेद तथा छुवाछुत अनुगमन समिति र प्रत्येक प्रहरी कार्यालयमा केन्द्र हुने गरी जातीय भेदभाव तथा छुवाछुत अनुगमन समिति रहने ब्यवस्था रहेको बताउनुभयो ।

कार्यक्रमका सहभागीहरुले दलित समुदायमाथी अझै पनि सार्वजनिक स्थल, विद्यालय, मन्दिर लगाएतका स्थानमा विभेद हुने गरेको गुनासो सुनाएका थिए । उनिहरुले विद्यालयले समेत दलित विद्यार्थीहरुलाई राज्यले प्रदान गरेको सहुलिय र सुविधा प्रयोगबाट बञ्चित गर्ने गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते