नलपुरमा ड्युटिमा रहेका ट्राफिक प्रहरीमाथी छुरा प्रहार

लालबन्दी । सर्लाहीमा ड्युटिमा रहेका ट्राफिक प्रहरीमाथी छुरा प्रहार भएको छ । महोत्तरीको गौशाला नगरपालिका ३ घर भई जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरमा कार्यरत ट्राफिक प्रहरी जवान प्रमोद महतोमाथी छुरा प्रहार भएको हो ।

पुर्व पश्चिम राजमार्गस्थित कार्यालय अगाडी नियमित चेकजाँचको क्रममा मोटरसाईकलमा आएका ब्यक्तिलाई रोकेर चेक गर्ने क्रममा विवाद भएपछि ट्राफिक प्रहरीमाथी छुरा प्रहार भएको प्रहरीले बताएको छ । पश्चिमबाट पुर्वतर्फ ना १९ प २५५५ नम्बरको मोटरसाईकलमा आएका रौतहट राजपुर १ घर भएका यमामुद्दिन देमाानले चेकिङमा खटिएका ट्राफिक प्रहरी जवानलाई छुरा प्रहार गरेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

छुरा प्रहार गरि भाग्न खोजेका देमानलाई तत्काल पक्राउ गरि ईलाका प्रहरी कार्यालय लालबन्दीको हिरासतमा राखिएको छ । घाईते ट्राफिक प्रहरी जवान महतोको निधार, घाँटी, हात र पेटमा चोट लागेको छ । उनको अवस्था मध्यम रहेको छ भने नवलपुरमा रहेको बिएण्डआर हस्पिटलमा सामान्य उपचार गरि थप उपचारका लागी नेशनल मेडिकल कलेज वीरगंज रेफर गरिएको जिल्ला प्रहरी कार्यालय मलंगवाका निमित्त प्रवक्ता प्रहरी निरिक्षक ओम प्रकाश महतोले जानकारी दिए ।

घट्नाका सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको प्रवक्त महतोले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
4
+1
2
+1
1
+1
0
+1
0

छुटाउनुभयो कि ?

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते