अपांगता भएका हरिवनका विपन्न युवकलाई वडा कार्यालयले दियो मयूरी

लालबन्दी : सर्लाहीको हरिवनमा अपांगता भएका एक विपन्न युवकलाई वडा कार्यालयले मयूरी हस्तान्तरण गरेको छ । हरिवन नगरपालिका वडा नं ५ निवासी २४ बर्षका राजेन्द्र महतोलाई वडा कार्यालयले मयूरी हस्तान्तरण गरेको हो ।

विपन्न परिवारका राजेन्द्रका ४६ वर्षीय बुवा सन्तलालसमेत शारीरिकरुपमा अशक्त छन् । बुबा सन्तलालको २३ बर्षअघि चिरान मिलमा काम गर्ने क्रममा बायाँ हात काटिएको थियो । उनीहरुलाई दैनिकी गुजार्न समेत समस्या भएपछि जिविकोपार्जनमा टेवा पुर्याउन तीन लाखमा खरिद गरेर बिजुलीबाट चल्ने मयूरी दिएको वडाध्यक्ष नागेन्द्र कुमार साहले बताए ।

मयूरी पाएपछी जिविकोपार्जनका लागि सहज हुने राजेन्द्रका बुबा सन्तलाल महतोले बताए । ८ जनाको परिवार रहेकोे उनीहरुसँग एक कठ्ठा घडेरी मात्र छ । ५ वर्षअघि आफ्नै खेतमा मोटरबाट पानी तानेर सिंचाई गर्ने क्रममा राजेन्द्रलाई करेन्ट लागेको थियो । करेन्ट लागेपछि उनको पनि बायाँ खुट्टा घुँडासम्म काटिएको छ ।

शुक्रवार वडा कार्यालय परिसरमा आयोजित औपचारिक कार्यक्रमविच नगरपालिकाका मेयर रमेश बुढाथोकीले राजेन्द्रलाई मयूरीको चावी हस्तान्तरण गरेका हुन् । यस वडाले यसअघि पनि एक विपन्न परिवारका लागि घर बनाएर हस्तान्तरणको गरेको थियो । वडाले बजेटबाट बर्षेनी ५ विपन्न छात्रछात्राहरुलाई उच्च शिक्षाका लागि छात्रवृत्ति वितरण गर्दै आएको छ । (नयाँ पत्रीका)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

एमाले गठबन्धन सरकारको संकेत

एमाले गठबन्धन सरकारको संकेत

२०७९ मंसिर १३, मंगलवार ११:२४ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते