सर्लाहीमा ३५ जनाभन्दा धेरै विद्यार्थीलाई घारेले चिल्यो, विद्यालय नै बन्द

हरिवन । सर्लाहीमा सोमबार घारे आतंकले विद्यालय नै बन्द गर्नुपरेको छ । हरिवन नगरपालिका २ अत्रौलीमा रहेको रामअवतार माविका ३५ जना भन्दा धेरै विद्यार्थीलाई घारेले चिलेपछि विद्यालय नै बन्द गर्नुपरेको बिद्यालयले जनाएको छ ।

विद्यालयका शिक्षक वसन्त घिसिङ सँगै बिहान कोचिङ पढ्न भनि गएका विद्यार्थीलाई घारेले चिलेको हो । स्थानिय अमरसिंह वाईबाका अनुसार विद्यालयमा कोचिङका लागी आएका विद्यार्थी र शिक्षकलाई घारेले चिल्न थालेपछि भागाभागको अवस्था सिर्जना भएको थियो ।

विद्यालय नजिकै रहेको वरको रुखमा रहेको घारे बिच्केपछि विद्यार्थीहरुमा खनिएको र जसको कारण आतंकको अवस्था नै सिर्जना भएर विद्यालयको पठन पाठन नै प्रभावित भएको विद्यालयका प्रधानाध्यापक निरञ्जन कार्किले बताए । घारेले चिलेपछि विद्यार्थी राघव श्रेष्ठसहितका केहि विद्यार्थी बिरामि नै परेका छन । उनिहरुलाई नवलपुरस्थ्ति अस्पताल पु¥याएर उपचार नै गर्नुपरेको प्रधानाध्यापक कार्किको भनाई छ ।

घारेको ब्यवस्थापन गरि भोलीबाट विद्यालय नियमित सुचारु गरिने वडाध्यक्ष अर्जुन कुमार योञ्जनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

आज सत्ता गठबन्धनकाे बैठक बस्दै

आज सत्ता गठबन्धनकाे बैठक बस्दै

२०७९ भाद्र २६, आईतवार ०१:३९ गते
सदनमा पाका नेताको पहिलो पाइला

सदनमा पाका नेताको पहिलो पाइला

२०७९ मंसिर १२, सोमबार १०:५९ गते
पेट्रोल, डिजल र मट्टीतेलको भाउ बढ्यो

पेट्रोल, डिजल र मट्टीतेलको भाउ बढ्यो

२०८० फाल्गुन ४, शुक्रबार ०७:५४ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते