जनकपुरमा २३ करोड रुपैयाँको लागतमा मधेश प्रदेश प्रहरी कार्यालय बन्दै

जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधाममा करिब २३ करोड रुपैयाँको लागतमा मधेश प्रदेश प्रहरी कार्यालय बन्ने भएको छ । हालको संघीय प्रहरी कार्यालय परिसरमा सुविधा सम्पन्न मधेश प्रदेश प्रहरी कार्यालय निर्माण हुन लागेको हो । उक्त कार्यालयको शुक्रबार एक समारोहबीच मुख्यमन्त्री सरोज कुमार यादवले शिलान्यास गरेका छन् ।

मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक जनक भट्टराईले २३ करोड १० लाख ४३ हजार ४०७ रुपैयाँको लागतमा कार्यालयको भवन निर्माण हुन लागेकाे जानकारी दिए । उनका अनुसार १८ महिनामा निर्माण हुने सम्झौता गरिएको छ ।

कार्यालय शिलान्यास गर्दै मुख्यमन्त्री यादवले प्रहरी समायोजन नहुँदा प्रदेशमा आपराधिक घटना बढेको जिकिर गरे । उनले प्रदेश मातहत प्रहरी आएपछि अपराध घट्ने दावी गरे । उनले भने, ’प्रदेश मातहत प्रहरी आएपछि सबै सुविधा उपलब्ध गराउँछौं ।’

उनले प्रहरी प्रदेश सरकार मातहत आएमा राजश्व डेढ गुणाले बढ्ने पनि बताए । प्रहरी प्रदेश मातहतमा जाँदा राजश्व घट्ने शंका नगर्न संघीय सरकारलाई विश्वास दिलाउन चाहेको उनको भनाई थियो ।

मुख्यमन्त्री यादवले प्रहरी चौकीहरुमा सवारीसाधनका लागि १५ करोड रुपैयाँ उपलब्ध गराउन लागेको बताए । उनले भने, ’यस प्रदेशका प्रहरीलाई मेट्रेस ९ओछ्याउने सामग्री० पनि छिट्टै उपलब्ध गराउँछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते