लालबन्दी १६ मा माओवादीको बृहत वडाभेला सप्पन्न

लालबन्दी : नेकपा माओवादी केन्द्रको वडा कमिटीले परवानीपुरमा वडा भेला तथा संगठन सुदृढीकरण कार्यक्रम सप्पन्न गरेको छ ।

सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्बर १६ मा शनिबार वडा भेला सप्पन्न भएको कार्यक्रम संचलक हेम गौतमले जानकारी दिनुभयो । गौतमका अनुसार भेलाले संगठनलाई अझै दरिलो बनाउन खेल्नुपर्ने भुमिका, पार्टी निति, विधि तथा योजनाका बिषयमा व्यापक छलफल गरेको छ । पार्टी सदस्य नवीकरणका सम्बन्धमा समेत छलफल भएको बृहत वडा भेलामार्फत वडाका अन्य पार्टीमा आवद्ध केही ब्यक्तिहरु माओवादी पार्टीमा प्रवेश गरेका थिए ।

पार्टी वडा कमिटी अध्यक्ष तिलक घलानको अध्यक्षता तथा पार्टी केन्द्रिय सदस्य अच्युतम काफ्लेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा १५ नम्बर वडाका वडाध्यक्ष गोरख बल, १६ नम्बर वडाका वडाध्यक्ष गणेश थापा, हेम कार्की, गोबिन्द केसि, राजकुमार बुढाथोकी, उषा कार्की, सोनाम वाईबा लगाएत वडाका माओवादी नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियोे ।

पछिल्लो समय माओवादी पार्टीले पनि अन्य पार्टीले जस्तै संगठन सुदृढीकरणका कार्यक्रम गर्दै आएको छ । साबिक परवानीपुर गाबिसमा खुलेर वा नखुलेर भएपनी अधिकांस मानिसको आस्था माओवादी पार्टीमा रहेको यहाँका जानकारहरु बताउँछन् ।

आइतबार वडा नम्बर १५ मा पनि कार्यक्रम रहेको वडा नेता रामहरि मगरले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया