‘भरत ताल’मा समुन्द्री एडभेन्चर ‘जेड स्की’

बागमती । सर्लाहीको बागमतीमा रहेको ‘भरत ताल’मा समुन्द्री ‘एडभेन्चर’को रुपमा प्रयोग हुने ‘वाटर स्कुटर’ संचालनमा ल्याईएको छ ।

शनिवार बागमती नगरपालिका–१२ र ४ मा निर्माणाधिन बागमती माछा पोखरी अर्थात ‘भरत ताल’मा उक्त ‘वाटर स्कुटर’को विधिवत उद्घाटन गरिएको हो । ताल भ्रमणमा आउने प्रर्यटकका लागि आकर्षित गर्ने उद्येश्य सहित उक्त मनोरञ्जनात्मक जलयान ‘वाटर स्कुटर’ प्रयोगमा ल्याईएको हो । यसको प्रयोगले पर्यटक आकर्षित हुनुका साथै स्थानीय स्तरमै समुन्द्री जलसयरको मज्जा लिन सकिने संचालक कम्पनी बागमती इन्टरटेन्मेन्ट प्रालिका प्रोप्राईटर गौतम खड्काले जानकारी दिए ।

‘वाटर स्कुटर’को मेयर भरत कुमार थापा र ११ नम्बरका वडाध्यक्ष प्रदिप आचार्यले सम्यूक्त रुपमा उद्घाट गरे । यसलाई अंग्रेजीमा ‘वाटरक्राफ्ट’, ‘वाटर स्कूटर’, ‘जेट स्की’ वा ‘सी–डू’ समेत भनिने संचालक कम्पनीले जनाएको छ । यसमा चालक सहित तिन जना सम्म बसेर जल सयर गर्न सकिने छ । भने, त्यसमा जोडिएको बनाना राईडर र दुनोड राईटरमा ५ जना सम्म बसेर सयर गर्न सकिने कम्पनीका प्रोप्राईटर खड्काको भनाई छ । ५५ लाखको लागतमा संचालनमा ल्याईएको यस ‘वाटर स्कुटर’ संम्भवत नेपालमा पहिलो भएको कम्पनीको दावी छ ।

यस साहसीक जल सयरको ५ सय देखी १५ सय सम्म टिकट तय गरिएको कम्पनीले जनाएको हो । भरत तालमा यस पहिला देखी नै साहसीक खेल मनोरंजनको लागि ‘स्काई साईकलिङ’, ‘वाटर साईलिङ’ संचालनमा आईसकेको छ । भने, पर्यटकको मनोरंजनाका लागि मिनि पानी जहाज(मिनि कु्रज), मोटर बोट संचालन भईरहेको छ । ताल परिसरमा मिनि रेलमा चडेर मनोरन्जन लिन सकिने ब्यवस्था गरिएको नगरपालिका कार्यलयले जनाएको हो ।

अन्तराष्ट्रिय स्तरको पर्यटकिय गन्तब्यको रुपमा विकास हुदै गएको यस भरत ताल भ्रमणको लागि बिदेशी पर्यटक समेत आकर्षित हुने गरेका छन् । बिशेष गरेर ताल परिसर विभिन्न चाड पर्व, उत्सव तथा सार्वजनिक विदाको दिन पर्यटकले भरि भराउ हुने गरेको छ । १ सय २१ विगाह क्षेत्रफलमा फैलिएको यस तालको माध्यमबाट नगरमा रोजगारी सृजना, नगरको प्रचारप्रशार, आर्थिक, सास्कृतिक, सामाजिक र भौतिक विकास गर्ने आफुहरुको लक्ष्य रहेको तालका परिकल्पनाकार मेयर भरत कुमार थापाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
0

सिफारिस

छुटाउनुभयो कि ?

अलमलमा दलित आन्दोलन

अलमलमा दलित आन्दोलन

२०८० मंसिर २२, शुक्रबार ११:५२ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते