एकीकृत समाजवादीकाे घाेषणापत्र : आत्मनिर्भर अर्थतन्त्रमा जोड (पूर्णपाठ)

काठमाण्डाै / नेकपा (एकीकृत समाजवादी) ले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि घोषणापत्र सार्वजनिक गरेको छ ।

आज सोमवार काठमाण्डाैकाे आलोक नगरमा रहेकाे पार्टी केन्द्रीय कार्यालयमा पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डे, महासचिव बेदुराम भुसाललगायतका नेताहरूले सामूहिकरूपमा चुनावी घोषणापत्र सार्वजनिक गर्नुभएको हो ।

घोषणापत्रमा आत्मनिर्भर अर्थतन्त्रमा जोड दिइएको छ । ‘लगातार बढ्दै गइरहेको व्यापार घाटा, चर्को बेरोजगारी, युवाको विदेश पलायन, कृषिबाट सक्रिय जनशक्तिको पलायन, वार्षिक बजेटमा ऋणको निरन्तर वृद्धि, बजेटको पुँजीगत खर्च नहुने समस्या, महँगीकाे अचाक्ली वृद्धि, कालोबजारी, उत्पादनका स्रोत–साधनहरूमा दलाल पुँजीपतिहरूको नियन्त्रण, मिटरब्याजीको शोषण, वित्तीय क्षेत्रमा मौलाएका विकृतिहरू, अभाव र गरिबी नेपाली अर्थतन्त्रका आधारभूत समस्या हुन् । कृषिको आधुनिकीकरण, स्वदेशी कच्चा पदार्थ आधारित उद्योग, ऊर्जालगायतका क्षेत्रमा उत्पादन एवम् व्यापार वृद्धि तथा पर्यटन, व्यवस्थापन र सूचना तथा प्रविधिलगायतका सेवा क्षेत्रको विकास एवम् विस्तार गरेर परनिर्भरता कम गर्दै जानु र आत्मनिर्भर अर्थतन्त्रको जग बसाल्नु आजको हाम्रो मुख्य आर्थिक कार्यभार हो । यो कार्यभार वहन गर्नका निम्ति हामी दृढतापूर्व अगाडि बढ्न चाहन्छौँ’, घाेषणापत्रमा भनिएकाे छ ।

राष्ट्रिय उत्पादनमा वृद्धि गरी निर्यातमा बढोत्तरी र आयातमा कटौती गरेर व्यापार घाटा कम गर्दै लानुपर्ने एकीकृत समाजवादी घाेषणापत्रमा उल्लेख छ ।

(पूर्णपाठ)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

बजेट नल्याउने ४० स्थानीय तह (सूचीसहित)

बजेट नल्याउने ४० स्थानीय तह (सूचीसहित)

२०८० असार १२, मंगलवार ०७:१२ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते