चन्द्रनगर गाउँपालिका अध्यक्षले भ्रष्टाचार गर्न खोजेको भन्दै उपाध्यक्षसहित ७ दलले गरे बिरोध प्रदर्शन

चन्द्रनगर : सर्लाहीको चन्द्रनगर गाउँपालिकामा बिहिवार दिउँसो गाउँपालिका अध्यक्षले आफुहरुको कुरो नसुनेको भन्दै बिरोध प्रदर्शन भएको छ । चन्द्रनगर गाउँपालिका वडा नम्बर ७ स्थित पालिका कार्यालय परिसर एवं बजार क्षेत्रमा पालिका अध्यक्ष राजकुमार महतोको बिरुद्धमा प्रदर्शन भएको हो ।

पालिकाकी उपाध्यक्ष गीतादेवी महतो एवं अन्य बिभिन्न ७ राजनितिक दलको मोर्चाले पालिका अध्यक्ष बिरुद्ध प्रदर्शन गरेको हो । उनिहरुले गाउँपालिका अध्यक्षले भ्रष्टाचार गर्न पाईंदैन, वालवालिकाको पैसा बालवालीकाको खातामा जम्मा गर, सुखा नाढि महोत्सव बन्द गर, कागजी भ्रष्टाचार गर्न पाईंदैन, प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको पैसा फ्रिज गर्न पाईंदैन, गाउँपालिका अध्यक्ष मुर्दावाद लगाएतका नारा लगाएका थिए ।

बिरोध कार्यक्रम संयोजक माओवादीका स्थानिय नेता लोकेन्द्र मुखिया

गाउँपालिका उपाध्यक्ष महतोसहित ७ दल सम्मिलित संयुक्त शान्तिपुर्ण आन्दोलनको अगुवाई गरेका नेकपा माओवादी केन्द्रका चन्द्रनगर गाउँपालिका संयोजक लोकेन्द्र मुखियाले गाउँपालिका अध्यक्ष महतोको तानाशाहि, एकलौटि रबैया र बिकाश बिरोधि कार्यको बिरुद्धमा प्रदर्शन गरिएको बताए । उनले शुक्रवारदेखि पनि रिले अनसनसहितका बिरोधका कार्यक्रमहरु चलिरहने जानकारी दिए । मुखियाले नाढि तालको नाममा सुख्खा सम्मेलन बन्द नभएसम्म र गाउँपालिकाको नाममा कागजी प्रकृया पु¥याएर हुन लागेको ६० लाखको भ्रष्टाचारको अन्त्य नगरिएसम्म बिरोधका कार्यक्रहरु जारि रहने बताए ।

त्यसैगरि गाउँपालिका उपाध्यक्ष महतोले पालिका अध्यक्षले आफुसँग सल्लाह नगरि बिभिन्न कामहरु गर्ने गरेको बताएकि छिन । उनले छठ या अन्य कुनै बिशेष पर्वबिनै नाढिमन तालको पानि सुकेको बेला नाढि महोत्सव आयोजना गर्न लागेको, पालिका अध्यक्ष भ्रष्टाचारको खेतिमा तल्लिन देखिएको आरोप लगाईन ।

चन्द्रनगर गाउँपालिकाकी उपाध्यक्ष गीतादेवी महतो

यता गाउँपालिका अध्यक्ष महतोले बिरोधका लागी मात्रै बिरोध भएको प्रतिकृया दिएका छन । उनले ६० लाखको बजेटमा कुनै कार्यक्रमको आयोजना हुन लागेको नभई गाउँसभाले पारित गरेको २५ लाखको बजेटमा देशमै पहिलो पटक मधेशको पिछडिएको क्षेत्रमा वालिका सम्मेलन गर्न लागीएको जानकारी दिए । पालिका अध्यक्ष महतोले सर्लाही, मधेश प्रदेश र देशबाटै बाल बिवाहको अन्त्य हुनु पर्छ र बालिकाको जीवन सम्मानीत, सुरक्षित र सक्षम हुनुपर्छ, सन् २०३० सम्म बालविवाह अन्त्य हुनुपर्छ भन्ने थिमका साथ १००० जनाको सहभागीतामा बालिका सम्मेलन आयोजना गर्न लागीएको बताए ।

चन्द्रनगर गाउँपालिका अध्यक्ष राजकुमार महतो

बालविवाह अन्त्यको मुद्दालाई गति दिन र यसमा लगानी बढाउनका लागी बालिका सम्मेलन गर्न लागीएको महतोको भनाई छ । उनले सोध्दै नसोधेको, ६० लाख पचाउन लागेको भन्ने हल्ला निराधार भएको, बकाईदा गाउँसभाले पारित गरेको कार्यक्रम भएकोले झुटो आरोपका साथ बिरोधका कार्यक्रम गरिएको प्रतिकृया दिएका छन । जिम्मेवार जनप्रतिनिधि तथा जिम्मेवार ब्यक्तिहरु समेतको संलग्नतामा कार्यक्रम आयोजनाका लागी गाडिएको टेन्ट उखेल्ने, काट्ने, भाँच्ने गतिविधिहरु हुनु दुःखद भएको र यस्ता गतिविधिले जनतामा निरासा र भ्रम पैदा गर्ने उनले बताए । अध्यक्ष महतोले कार्यक्रम आयोजनाका निम्ति सहयोग गरिदिन संचारजगत, महिला अधिकारकर्मि, बाल अधिकारकर्मि लगाएतसँग अनुरोध पनि गरेका छन ।

गाउँपालिका कार्यालयबाट बिहिवार बेलुका २ ओटा सुचना जारि भएपछि गाउँपालिका अध्यक्षको बिरुद्धमा भएका केहिले आन्दोलनको प्रभाव परेको उल्लेख गरेका छन । सुचनामा बालबालिकाको बालपोषण भत्ता खातामा गईसकेकोले जतिसक्दो चाँडो वितरण हुने उल्लेख छ भने दोश्रो सुचनामा प्रधानमन्त्री रोजगार कार्यक्रम आउँदो असार १ गतेबाट संचालन हुने उल्लेख छ ।

पछिल्लो समय चन्द्रनगर गाउँपालिकालाई अध्यक्ष महतोले स्वयंसेवक शिक्षक तथा कर्माचारीहरु कार्यविधि तथा प्रक्रिया विपरित भर्ना गर्न खोजेको, गाउँपालिकालाई गैर सरकारी संस्थाको अण्डरमा सञ्चालन गर्न खोजेको, गाउँपालिकाको आन्तरीक राजश्वमा हानी नोक्सानी पुर्याउने गरी गाउँपालिका भित्रका पोखरीहरुको ठेक्का नलगाई आफुखुसी आफ्ना मानिसहरुलाई कमिसन बुझेर गरिखान दिएको लगाएतका आरोपहरु लाग्दै आएका छन ।

गाउँपालिकालाई नजिकबाट नियालिरहेका केहिले पालिका अध्यक्षले राम्रो काम गर्न खोजिरहेको भएपनि आफ्नो लाभ र हितमा हुने नदेखिएपछि केहिको उक्साहटमा यस्ता बिरोधका कार्यक्रहरु पटक पटक भईरहेको प्रतिकृया दिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते