छैठौँ वडाकपको तयारी अन्तिम चरणमा

क्षितिज विश्वकर्मा, लालबन्दी । सर्लाहीको लालबन्दीमा हुने वडाध्यक्ष कपको तयारी तिब्र पारिएको छ ।

हरेब बर्ष हुँदै आएको वडा कप यसपाली वडा नम्बर ८ ले आयोजना गर्दै छ । वडा नम्बर ८ मा रहेको ८ स्टार युवा क्लव सह–आयोजक रहेको प्रतियोगीताको मैदानतर्फको तयारी अन्तिम चरणमा रहेको क्लवका अध्यक्ष पेम्बा घलानले जानकारी दिनुभयो । यसपालिको प्रतियोगीताका लागी वडा नम्बर ८ र क्लवले मेहनतका साथ तयारी गरिरहेका छन । क्लवको लक्ष्य भनेको यसपालीको वडाध्यक्ष कप जित्नु रहेको अध्यक्ष घलानले बताउनुभयो ।

प्रतियोगीता स्थल, मैदान ब्यवस्थापनमा खटिएका स्थानिय

छोटो समयमा नै क्लव दर्तादेखि राष्ट्रिय खेलाडीलाई टिम कोच राखेर खेलाडीहरुलाई तालिम प्रदान गर्ने काम समेत भईरहेको छ । मैदान ब्यवस्थापन, खेलाडी ब्यवस्थापन, प्रचार प्रसारदेखि ब्यानर, गेट बनाउने लगाएतका कार्यले तिब्रता पाएको छ । नेपालीहरुको महान चाड बडादशैँको आगमनसँगै भईरहेको छैठौँ वडाध्यक्ष कप फुटबल प्रतियोगीता २०८० को तयारीले थप रौनक थपेको छ ।

प्रतियोगीताको तयारीका लागी खेल मैदानमा छलफलमा बसेका १७ वटै वडाका वडाध्यक्षहरु

प्रतियोगीताको बिजेताले १ लाख, उपविजेताले ५० हजार, तेश्रो स्थान हात पार्नेले २५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने वडा नम्बर ८ का वडाध्यक्ष शुक्र लामाले बताउनुभयो । यो प्रतियोगीतालाई वडा नम्बर ८ ले आफ्नो प्रतिष्ठासँग जोडेर तयारी गरिरहेको छ ।

राष्ट्रिय खेलाडी आदित्य चौधरिसहित ८ स्टार क्लवका खेलाडीहरु

प्रतियोगीताको मिति घोषणा भएसँगै नगरभित्रका १७ वटै वडाले आफ्नो टिमलाई बिजयी बनाउने लक्ष्यसाथ तयारी गरिरहेका छन । अघिल्लो २ पटकको विजेता वडा नम्बर १६ ले पनि यसपाली वडाकप जित्ने लक्ष्य राखेको छ । तेश्रो पटक पनि वडा कप आफुहरुले नै जित्नेमा आफुहरु ढुक्क रहेको तयारीमा जुटेका खेलाडीहरुले बताएका छन ।

छैठौँ वडाध्यक्ष कप फुटबल प्रतियोगीता २०८० को खेल तालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया