गढिमाई मन्दिर निर्माता भारतीय नागरिकलाई चन्द्रनगर गाउँपालिकाको सम्मान

सर्लाही,१२ जेठ । आफ्नो पालिकाभित्र ब्यक्तिगत खर्चमा मन्दिर निर्माण गरेको भन्दै सर्लाहीको चन्द्रनगर गाउँपालिकाले एक भारतीय नागरिकलाई सम्मान गरेको छ ।

उक्त गाउँपालिकाको वडा नम्बर ४ गढाटोलमा भारतको सितामाढी सुरसण्डका अशोक प्रसाद गुप्ताले आफनो व्यक्तिगत खर्चमा गढीमाई मन्दिर निर्माण गरेका छन । गुप्ताले लगभग १९ लाखको लागतमा गढीमाई मन्दिर निर्माण गरेपछी धार्मिक, साँस्कृतिक र पर्यटकिय विकासमा योगदान पुगेको भन्दै गाउँपालिका अध्यक्ष राजकुमार महतोले एक कार्यक्रम गरी गुप्तालाई सम्मान पत्रसहित सम्मान गरेका हुन ।

गढाटोलमा धार्मिक तथा साँस्कृतिक धरोहर र आस्थाको गढीमाई मन्दिर नभएको अवस्थामा आफ्नो व्यक्तिगत लगानीमा मौलिक शैलिमा सुन्दर र गुणस्तरीय मन्दिर निर्माण गराई आम जन मानवको श्रद्धा र विश्वासलाई भारतीय नागरीक गुप्ताले जित्न सफल भएको गाउँपालिका अध्यक्ष महतोको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?

हरिपुर नगरपालिकाको ११ औँ नगरसभा उद्घाटन

हरिपुर नगरपालिकाको ११ औँ नगरसभा उद्घाटन

२०७९ पुष २६, मंगलवार १०:५० गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते