साहसी नेपालद्वारा यूवाहरुलाई ४ दिने पब्लिक स्पिकिङ तालिम

हरिवन । साहसी नेपाल नामक गैर सरकारी संस्थाको आयोजनामा यूवाहरुलाई ४ दिने पब्लिक स्पिकिङ तालिम प्रदान गरिएको छ । हरिवन नगरपालिकाको समन्वयमा संचालित युवाहरुलाई ४ दिने पब्लिक स्पिकिङ अर्थात सार्वजनिक भाषण तालिम मंगलावार समापन गरिएको हो ।

युरोपियन युनियनको आर्थिक सहयोग तथा हेल्भेटास नेपाल र सहयोगि समाज नेपालको सहजिकरणमा तालिम सम्पन्न भएको हो । तालिम गत भाद्र ९ गते देखी १२ गते सम्म संचालन भएको आयोजक संस्थाका प्रवन्धनिर्देशक सन्तोष गदालले जानकारी दिए । स्थानीय शासन प्रकृयामा युवा संलग्नता प्रर्वद्धन(प्रोयल) परियोजनाको तेस्रो पक्षिय वित्तिय सहयोग उप–परियोजना अन्तरगत साहसी नेपालले स्थानीय सरकारको लागि युवा परियोजना कार्यन्वयन गरिरेहको हो । सोही अन्तरगत ४ दिने पब्लिक स्पिकिङ(सार्वजनिक भाषण) कार्यक्रम सम्पन्न गरिएको साहसी नेपालकी अध्यक्ष पबित्रा माझीले जानकारी दिईन् ।

तालिममा हरिवन नगरपालिका वडा नम्बर ६ देखी ११ सम्मका छनौटमा परेका २३ जना युवाहरु सहभागि थिए । उनीहरुलाई पत्रकार श्रवण थापाले मुख्य प्रशिक्षकको रुपमा सहजीकरण गरेका थिए । पब्लिक स्पिकिङ तालिमबाट आवश्यक पर्दा आफ्ना कुरा निर्धकका साथ हजारौको माझमा राख्ने बानीको बिकास भएको सहभागिहरुकोे प्रतिकृया छ । यस संस्थाले परियोजना अन्तरगत युवाहरुलाई यस पहिला नेतृत्व विकास तालिम समेत प्रदान गरेको थियो ।

उक्त तालिममा अनुभवी प्रशिक्षक नारायण खपाङ्गीले सहजीकरण गरेका थिए । परियोजना अन्तरगत संस्थाले युवाहरुलाई राजनीतिक साक्षरता सम्बन्धी तालिम समेत प्रदान गर्ने तयारी समेत गरेको जनाएको छ । मंगलवार आयोजित समापन समारोहमा सहजकर्ता संस्था सहयोगी समाज नेपाल हरिवनकी प्रादेशिक प्रमुख निरमा चौधरीको प्रमुख आतिथ्यतामा सहभागिहरुलाई प्रमाण–पत्र समेत वितरण गरिएको आयोजकले जनाएको हो ।

स्थानीय सरकारमा युवा सहभागिता आजको आवश्यक्ता रहेको कार्यक्रमका अधिकांस सहभागि युवाहरुको जोड थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते