सर्लाहीमा खेत जोत्दै गरेका पासवानको करेन्ट लागेर ज्यान गयो

लालबन्दी । सर्लाहीमा शुक्रबार बिहानै खेत जोत्दै गरेका ट्रयाक्टर चालको करेन्ट लागेर मृत्यु भएको छ । जिल्लाको ब्रह्मपुरी गाउँपालिका–२, मा चैते धान रोप्न खेत जोत्दै गर्दा पानी तान्ने मोटरबाट करेन्ट लागेर ट्रयाक्टर चालक ब्रह्मपुरी गाउँपालिका–२, निवासी २७ बर्षिय राजेश पासवानको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार ज १ त ४११४ नम्बरको ट्रयाक्टर चालक पासवानलाई खेतमा पानी तानिरहेको मोटरबाट करेन्ट लागको थियो । करेन्ट लागेर गम्भिर बनेका पासवानलाई उपचारको लागि प्रादेशिक अस्पताल मलंगवा लगीएको भएपनि चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यलय सर्लाहीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिए ।

पासवानको सव परिक्षणको लागि प्रादेशिक अस्पतालमा राखिएको र घटनाको थप अनुसन्धान भईरहेको श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0

प्रतिक्रिया