हरिपुर : सर्लाहीको हरिपुर नगरपालिका ५ लक्ष्मीपुरकी जन्नत खातुनले ५ बर्षपछि आफ्नो परिवार भेट्न पाईन । उनी करिव साँढे ४ बर्ष भारतको जेलमा बन्दि जिवन बिताएर जीवन र मरणको दोसाँधमा रहँदा आफ्नो घर आइपुगेकी हुन । ३ छोरा र एक छोरी गरि ४ सन्तानकी आमा जन्नतको श्रीमान बितेपछि उनि एक्लै जीवन गुजार्दै थिईन ।
जन्नतका छिमेकी कुर्वान मन्सुरी भन्छन्, आफुहरु कमाउन परदेश जानेबेला उहाँ घरमै हुनुहुन्थ्यो, परदेशबाट फर्किएर आएपछि उहाँलाई गाउँमा देखेनौँ । यसो सोधखोज गर्दा छोरीको घरमा जानुभयो भन्ने सुन्यौँ, त्यसपछि खासै वास्ता भएन ः
२०७४ साल तिरको कुरा हो, जन्नत दिमागी हालत बिग्रीएपछि घरबाट निस्केर सिराहा लाहान छोरी ज्वाईंको घरमा पुगीन । छोरी गर्भवति थिईन, सुत्केरी भईन, आमाको ख्याल राख्न सकिनन् । जन्नतले छोरी ज्वाईको घर पनि छोडिन र आफ्नै सुरमा बाटो लागीन ।
जन्नतको छोरी भन्छिन्, दिमागी बिरामि भएर आफ्नो घर पुगेकी आमालाई हामिले सम्हालेर राख्न सकेनौँ, जन्नतलाई आफु कहाँ जाँदै छु भन्ने थाहा थिएन । उनि बसमा चढ्दै अगाडि बड्थिन, बसमा भाडा नभएपछि उनलाई बसबाट ओरालिन्थ्यो । त्यसैगरि यात्रा गर्दा गर्दै उनि भारत र बङ्लादेशको सिमाक्षेत्रमा पुगीन । उनलाइ भारतिय प्रहरीले समात्यो र बङ्लादेशबाट जासुसी गरेको अभियोगमा थुनामा राख्यो ।
जन्नतले पटक पटक आफु बङ्लादेशि नभएर नेपाली भएको बताउँथीन । तर उनिसँग प्रमाण नभएपछि उनको कुनै सुनुवाई भएन ।
जन्नतका ज्वाईं मोहम्मद अनवर लहेरी भन्छन्, आफुहरुले सासु जेल परेको थाहा पाएपछि ३ पटक भेट्न र लिन गयौँ, त्यतिबेला जन्नत बिरामि थिइन र त्यहाँको सरकारी अस्पतालमा उपचार गराईहेकी थिईन । बिरामी भएपनि जन्नत स्वस्थ जस्तो देखिन्थीन र फुर्तिका साथ हिँड्थीन पनि,
पछिल्लो पटक जन्नत धेरै बिरामि परिन्, उनको हाड छाला मात्रै बाँकी रह्यो । अस्पतालबाट फोन आयो कि जन्नत बिरामि भएकोले लिन आउनु । यहाँबाट उनको छोरा फिरोज लहेरी र ज्वाई लिन भनेर गए । त्यहाँ एक नेपाली मुलको भारतिय संस्थाले जन्नतको रेखदेख गरेको रहेछ ।
जन्नतको छोरा र ज्वाईंका अनुसार उनिहरु सबै भारतिय प्रशासनको समर्थक थिए । र यताबाट जन्नतका छोराहरु पुग्ने बित्तिकै हतार हतार बिभिन्न कागजातमा सहि छाप र ल्याप्चे लगाउन लगाएर आफै आफै फुल माला लगाउने, फोटो, भिडियो खिच्ने लगाएतका काममा लागे । आफुहरु र बिरामि जन्नतको पनि उनिहरुलाई वास्ता हुन छोडेको छोरा फिरोजले सुनाए ।
अहिले जन्नत राम्रो सँग बोल्न सक्दिनन्, शरिरमा हाड र छाला मात्रै बाँकी छ । उनिलाई घरसम्म ल्याउनका लागी हरिपुर नगरपालिकाको एम्बुलेन्स काँकरभित्तासम्म पुग्यो । एम्बुलेन्स चालक भन्छन, उनिहरुसँग केहि खाने पैसा पनि थिएन, मैले नै खुवाएर ल्याएको हुँ । उनिसहित ४ ओटा एम्बुलेन्स फेरेर बल्ल घर आईपुगेकी जन्नतलाई २ जना एम्बुलेन्स चालकले आफैले पैसा तिरेर खाना खुवाए, २ जनालाई आफुहरुलाई पैसा नदिएको भन्दै केहि खुवाएनन् ।
जन्नत भन्छिन्, मलाई ट्वाईलेटको ढोका छेउमा राख्थे, फोहोर गन्हाएर सुत्न, बस्न सक्दिनथेँ । त्यसैको असर हो यो ।
जन्नतलाई डाक्टरले छातिमा पानी जमेको छ, मृगौलामा समस्या छ, मुटु सम्बन्धि रोग छ, दम लगाएतका रोग छ भनेको छ भन्दै उनको ज्वाई मोहम्मद अनवर भन्छन्, निर्दोश मान्छेलाई त्यत्रो बर्ष जेल हालियो, यो अवस्थामा आएपछि निर्दोष सावित गर्दै घर फर्काईयो । अहिले न हामिसँग जन्नतको उपचार गर्ने पैसा छ, न भारत सरकारबाट क्षतिपुर्ति नै पायौँ ।
मधेशको गरिव मुस्लिम परिवारकी जन्नतको उपचार अभावमै ज्यान जाने भन्दै परिवार भन्छ कतैबाट पहल भए उनको ज्यान जोगाउन सकिन्थ्यो । हामिमाथी अन्याय भयो ।