बागमतिमा सम्पन्न भलिबल प्रतियोगीताको उपाधि मिलनचोकलाई

सर्लाही । सर्लाहीको बागमतिमा सम्पन्न भएको दोस्रो नगर स्तरिय भलिबल प्रतियोगीताको उपाधि आयोजक मिलनचोक युवा क्लवले जितेको छ । बाराको कोल्वी भलिबल क्लवलाई २५–१६, २७–२५ र २५–१८ को सोझो सेटमा हराउँदै मिलनचोक युवा क्लवले जित हात पारेको हो । विजयी भएको मिलनचोक युवा क्लवले नगद ३५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो भने उपविजेता बनेको कोल्वी भलिबल क्लवले २० हजार नगद, शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतियोगीता गणतन्त्र दिवसको अवसर तथा स्वर्गीय धन बहादुर आलेको सम्झनामा बागमती नगरपालिका–१, मिलचोक स्थित स्वर्गीय धनकुमारी बानियाँ खेल मैदानमा गत १६ गते बुधबारबाट संचालन भएको थियो । राष्ट्रका लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद भन्ने नारा सहित सुरु भएको प्रतियोगितामा सर्लाही सहित रौतहट र बाराका गरी १९ वटा भलिबल टिमले भाग लिएका थिए ।

प्रतियोगिताको म्यान आफ दि टुर्नामेन्टको उपाधि मिलनचोकका खेलाडि शैलेन्द्र यादवले जिते । मिलनचोकका अभिषेक चौधरी बेष्ट स्पाईकर, विनय यादव बेष्ट सटर, बेष्ट डिफेण्डर दिपेन्द्र थापा र राईजिङ प्लेयरमा सुदिप थापा घोषित भए । भने, कोल्वीका खेलाडि उमेश चौधरीले बेष्ट ब्लकरको उपधि जितेका आयोजक क्लवका अध्यक्ष गोकर्ण रुपाखेतीले जानकारी दिए ।

प्रतियोगिताको उपाधि पुरस्कार मधेश प्रदेशसभा सदस्य जवाहरलाल कुशवाह र बागमती नगरपालिकाकी कार्यवाहक मेयर लिला कुमारी मोक्तानले संयुक्त रुपमा हस्तान्तरण गरेका आयोजक क्लवका सचिव सुन्दर रानाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?

कक्षा १२ काे नतिजा प्रकाशित

कक्षा १२ काे नतिजा प्रकाशित

२०७९ भाद्र १७, शुक्रबार १२:१२ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते