तीजलाई सन्देशमूलक बनाएर मनाओैं : माेक्तान

हेटौंडा । बागमती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तानले तीज पर्वलाई सन्देशमूलक बनाउनुपर्नेमा जोड दिनुभएको छ । शनिबार चिनारी सन्देश साप्ताहिकले हेटौंडामा आयोजना गरेको तीज विशेष अन्र्तक्रिया कार्यक्रममा बोल्दै मन्त्री मोक्तानले तीजलाई भड्किलो र खर्चिलेभन्दा पनि महिला सशक्तीकरणसंग जोडेर सन्देशमूलक बनाउनुपर्ने बताउनुभयो ।

मन्त्री मोक्तानले पछिल्लो समय महिलाहरु शिक्षित भएकै कारणले हरेक क्षेत्रमा सहभागीता बढेको बताउनुभयो । उहाँले यस्ता सहभागीतालाई अझै बढाएर नेतृत्व सम्हाल्न सक्ने अवस्था सिर्जना गर्न समेत महिला दिदीबहिनीलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा बोल्दै बागमती प्रदेशसभा सदस्य एंव नेकपा माओवादी केन्द्र बागमती प्रदेश उपाध्यक्ष प्रेम बहादुर पुलमाी ‘छिन्तु’ ले हिन्दु नारीहरुले मनाउने तीज धार्मिक, सामाजिक सहिष्णुताका कारण अहिले सबै महिलाहरुले मनाउने गरेको राम्रो विषय रहेको बताउनुभयो । तर, पछिल्लो समय तीजलाई मौलिकभन्दापनि अरुको देखासिखी गरेर मनाउने चलनले तीजको महत्व कम भैरहेको बताउनुभयो ।

गैरसरकारी महासंघ बागमती प्रदेश अध्यक्ष आरती पाठकले भने तीजको अवसरमा गरिने दर कार्यक्रमलाई सकरात्मक रुपमा लिनुपर्ने बताउनुभयो । अहिलेका महिलाहरु शिक्षित र कुनै न कुनै क्षेत्रमा क्रियाशिल रहने तथा आर्थिक रुपले सक्षम भैरहेकाले पनि तीजका अवसरमा खाइने दरलाई सकरात्मक रुपमै लिनुपनर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेश महासचिव कृष्ण सारु, पत्रकार महासंघ मकवानपुर उपाध्यक्ष ध्रुव अधिकारी, सचिव शुभलक्ष्मी विक, प्रेस सेन्टर नेपाल बागमती प्रदेश सदस्य भावन रिजाल, फोनिज मकवानपुर उपाध्यक्ष नवराज वाईवा, मेची-महाकाली बुहारी समाजका सह संयोजक मन्जु फुयाँल लगायतकाले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा चिनारी सन्देशको अनलाईन संस्करण चिनारी सन्देश डटकमको पनि शुभारम्भ गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?

डिजेल, पेट्रोलको मूल्य बढ्यो

डिजेल, पेट्रोलको मूल्य बढ्यो

२०७९ माघ २४, मंगलवार ०९:१० गते
फागुन १० गते बुधवारको दैनिक राशिफल

फागुन १० गते बुधवारको दैनिक राशिफल

२०७९ फाल्गुन १०, बुधबार ०६:३९ गते
सुनको भाउ हालसम्मकै उच्च

सुनको भाउ हालसम्मकै उच्च

२०८१ असार २३, आईतवार ११:२७ गते

ताजा अपडेट

लालबन्दीसहित मधेशबाट मात्रै ५ करोडको फूल बिक्री

लालबन्दीसहित मधेशबाट मात्रै ५ करोडको फूल बिक्री

२०८१ कार्तिक २६, सोमबार २०:१० गते
जनकृषि सहकारीको १४ औँ साधारणसभा सम्पन्न

जनकृषि सहकारीको १४ औँ साधारणसभा सम्पन्न

२०८१ कार्तिक २४, शनिबार २०:१७ गते
नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते