सर्लाहीमा १६४ जना उम्मेदवारको जमानत जफत

लालबन्दी : मंसिर ४ मा सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा सर्लाही जिल्लामा उम्मेदवारी दिएकामध्ये १६४ जनाको जमानत जफत भएको छ ।

चार निर्वाचन क्षेत्र रहेको जिल्लामा प्रतिनिधिसभातर्फ ५८ जना र प्रदेशसभातर्फ १०६ जना उम्मेदवारको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ । यो संख्या राजनितिक दलका तर्फबाट र स्वतन्त्र उम्मेदवारी दिएकाहरुको हो । जसमध्ये क्षेत्र नम्बर १ मा प्रतिनिधिसभातर्फ बिभिन्न राजतिनिक दलका तर्फबाट उम्मेदवारी दिएकामध्ये ५ जना र ११ जना स्वतन्त्र गरि १७ जना उम्मेदवारको जमानत जफत भएको हो ।

त्यसैगरि २ मा राजनितिक दलका ५ जना र ८ जना स्वतन्त्र गरि १३ जना, ३ मा राजनितिक दलका ५ जना र ६ जना स्वतन्त्र गरि ११ जना र ४ मा राजनितिक दलका १० र स्वतन्त्र ७ गरि १७ जना उम्मेदवारको जमानत जफत भएको छ ।

त्यस्तै प्रदेशसभातर्फ १ को (क) मा राजनितिक दलका ५ र स्वतन्त्र १० गरि १५ जनाको जमानत जफत भएको जिल्ला निर्वाचन प्रमुख निर्मल पोखरेलले जानकारी दिनुभयो । १ को (ख) मा राजनितिक दलका ४ र स्वतन्त्र ३ गरि ७ जना, २ को (क) मा राजनितिक दलका २ र ७ स्वतन्त्र गरि ९ जना, (ख) मा राजनितिक दलका ६ र स्वतन्त्र ८ गरि १४ जना रहेका छन ।

३ को (क) मा राजनितिक दलका ५ र स्वतन्त्र ९ गरि १४ जना र (ख) मा राजनितिक दलका ५ र स्वतन्त्र ११ गरि १६ जना र ४ को (क) मा राजनितिक दलका ५ जना र स्वतन्त्र ११ गरि १६ जना, (ख) मा राजनितिक दलका ५ र स्वतन्त्र १० गरि १५ जनाको जमानत जफत भएको छ ।

उम्मेदवारी दिएकामध्ये ३८ जनाको जमानत फिर्ता भएको छ । जिल्लामा प्रतिनिधि र प्रदेशसभाका गरि जम्मा २०२ जना उम्मेदवार रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते