स्काई कम्प्युटर लालबन्दीको शाखा बयलवासमा भब्यताका साथ उद्घाटन

लालबन्दी : सर्लाहीको लालबन्दीबाट सबैखाले आईटि सेवा प्रदान गर्दै आएको स्काई कम्प्युटरको शाखा ईश्वरपुर नगरपालिकास्थित बयलबास बजारमा संचालन सुरु भएको छ ।

सोमबार एक औपचारी कार्यक्रमका बिच भव्यताका साथ शाखा उद्घाटन गरिएको हो । लालबन्दीका आइटि ईन्जिनियर किसन महतोले संचालन गरेको स्काई कम्प्युटर लालबन्दीको शाखा बयलवासको भर्खरै निर्वाचित क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सांसद रामप्रकाश चौधरीले रिबन काटेर उद्घाटन गर्नुभएको हो ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का बरिष्ट नेता नागेश्वर महतोसहित कार्यक्रममा लालबन्दी, ईश्वरपुर नगरपालिका, चन्द्रनगर गाउँपालिका, ईलाका प्रहरी कार्यालय लालबन्दी, केशरगञ्ज लगाएतका प्रमुख एवं कर्मचारीहरु, बिभिन्न बोर्डिङ स्कुलका संचालक/प्रिन्सिपलहरु, ब्यापारी, बैंक तथा बित्तिय संस्थाका प्रमुख, संचारकर्मि एवं स्थानिय ब्यवसायीहरुको उत्साहजनक उपस्थिती रहेको संचालक महतोले जानकारी दिनुभयो ।

स्काई कम्प्युटरले उच्च क्वालिटिको ल्यापटप, डेक्सटप कम्प्यूटर, सबै किसिमको प्रिन्टर, सिसि क्यामेरा लगायतका आई.टी.का सामाग्रीहरू बिक्रि तथा मर्मत गर्दै आएको छ । यस क्षेत्रकै ख्यातिप्राप्त स्काई कम्प्युटरले आफ्ना ग्राहकबर्गको सहजताका लागी बयलवासमासमेत आफ्नो शाखा बिस्तार गरेको संचालक महतोले बताउनुभयो ।

शाखा उद्घाट कार्यक्रममा हिकभिजन क्यामराको नेपाल कन्ट्रि म्यानेजर मोहम्मद चुना, न्युटेरिक नेपालका सुरज भट्ट, डेल कम्प्युटरका अवदेश झाको समेत उपस्थिती रहेको थियो ।

स्काई कम्प्युटर ब्रदर प्रिन्टर, हिकभिजन क्यामरा, डेल र आसुस ल्यापटपको आधिकारीक बिक्रेता रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

इन्धनको मुल्य घट्यो, पेट्रोलको कति ?

इन्धनको मुल्य घट्यो, पेट्रोलको कति ?

२०७९ पुष २, शनिबार ०८:२९ गते
एमाले गठबन्धन सरकारको संकेत

एमाले गठबन्धन सरकारको संकेत

२०७९ मंसिर १३, मंगलवार ११:२५ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते