एमालेसङ्ग सद्भाव र आत्मीयता छ: कमल थापा

हेटौंडा,३१ असोज | मकवानपुर क्षेत्र नम्बर १ का उम्मेद्बार कमल थापाले एमालेसङ्ग सद्भाव र आत्मियता निरन्तर रहेको बताउनुभएको छ । नेकपा एमालेको तर्फबाट सुर्य चिन्ह लिएर चुनावी मैदानमा उत्रन पाउनु आफ्नो लागि सौभाग्य रहेको थापाको भनाई थियो ।
आज हेटौंडा ५ र ६ को भिन्न भिन्नै समयमा नेकपा एमालेको प्रचार प्रसार कार्यालयको उद्घाटन कार्यक्रममा बोल्दै एमाले सङ्गको सहकार्य चुनाव जित्ने मात्र नभई देशको आवश्यकताका कारण भएको भनाई राख्नुभयो ।
बाह्य शक्तिको चलखेल व्यापक रुपमा बढेकोले यसलाई रोक्न राष्ट्रवादी शक्तिहरुको एकता खाचो रहेको उहाले औल्याउनुभयो । देश भित्र पनि कतिपय राजनीतिक दलहरुले स्वभिमान कायम राख्न नसकेको, राष्ट्रबादी शक्ति कमजोर बनाउने प्रयास गरेको आरोप लगाउनुभयो । नेपालको चुच्चे नक्सा जारी भए सङ्गै एमालेलगायतका राष्ट्रबादी शक्ति माथी प्रहार हुन थालेको उहाँको कथन थियो । उहाँले गठबन्धन राष्ट्रबादी शक्ति कमजोर पार्नको लागि मात्र बनेकोले यसले जनता र देशको हित नगर्ने उहाँको भनाई थियो । उहाँले भन्नुभयो-” देश रहे मात्र प्रजातन्त्रको आभास हुन्छ , देश बचेमात्रआर्थिक समृद्धि हुन्छ ” । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा भक्तपुरलाई अस्थायी राजधानी बनाउने पक्षमा रहेपछि आफुले उपप्रधानमन्त्री पदबाट राजिनामा दिने चेतावनी पछि हेटौंडा अस्थायी राजधानी भएको उहाँले बताउनुभयो ।
त्यो बेला बनेको अस्थायी राजधानीलाई एमालेका नेता डोरमणी पौडेल मुख्यमन्त्री भएपछि स्थायी कायम भएको भन्दै प्रशम्सा गर्नुभयो । सातवटा प्रदेशको राजधानी हेटौंडालाई नमुनालायक बनाउने पनि उहाँले उद्घोष गर्नुभयो ।
कार्यक्रममा नेकपा एमालेका प्रदेश सदस्य एबम हेटौंडा उपमहानगरपालिकाका पुर्व मेयर हरिबहादुर महत, नेकपा एमाले मकवानपुरका अध्यक्ष एबम मकवानपुर क्षेत्र नम्बर १(ख) का उम्मेद्बार एकालाल श्रेष्ठ, नेकपा एमालेका जिल्ला सचीव नवीन सिग्देल, उपसचिव सीता बिष्ट, सचिवालय सदस्य तथा नगर इन्चार्ज सुनिल मोक्तान, सचिवालय सदस्य मदन दाहाल, इन्द्र नेपाललगायत सहाभागी हुनुहुन्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

चिनी खोजतलास गर्न प्रहरी परिचालन गरिने

चिनी खोजतलास गर्न प्रहरी परिचालन गरिने

२०८० कार्तिक १६, बिहीबार २०:५५ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते