महोत्तरीमा साहित्यिक सम्मेलन हुँदै

महोत्तरी | महोत्तरीको बर्दिवासमा ११ जिल्लाको साहित्यिक सम्मेलन हुने भएको छ । मोतिराम भट्टको १५८औं जन्मजयन्तिको अवसरमा गौरिशंकर मिथिला वाङमय प्रतिष्ठान घोषणासभा गर्ने उदेश्यले ११ जिल्लाका साहित्यकार सहभागी भएर सम्मेलन हुने भएको हो ।

३० वैसाखमा बर्दिवासको गौतम होटलमा हुने उक्त घोषणासभामा घोषणापत्र समेत सार्वजनिक गर्ने तयारी गरिएको छ । पहाड र मधेशको साहित्यलाई जोड्ने अभियान अन्तर्गत गौरीशंकर मिथिला वाङमय प्रतिष्ठान घोषणासभा राखिएको कार्यक्रमका संयोजक प्रेम घिमिरेले जानकारी दिए ।

सभामा बागमती प्रदेशका सिन्धुली, दोलाखा, रामेछाप र मधेशका ८ जिल्ला गरि ११ जिल्लाका साहित्यकारहरु सहभागी हुनेछन् । सहभागी साहित्यकारले आफ्नो भौगोलिक संस्कृति अनुसार बिबिध भाषाहरुमा आफ्ना रचनाहरु समेत प्रस्तुत गर्ने आयोजक पक्षले जनाएको छ ।
पछिल्लो समय साहित्यिक केन्द्रकोरुपमा विकास हुँदै गएको बर्दिवासले रचना प्रकाशनमा समेत केन्द्रिय नेतृत्व गरिरहेको छ । गौरीशंकर मिथिला वाङमय प्रतिष्ठानले पनि महोत्तरीलाई साहित्यिक पर्यटनकोरुपमा विकास गर्ने सहायक उदेश्य वोकेको यस्का अभियन्ताहरुले बताए ।
बृहत् उदेश्यसहित जन्माउन लागेको उक्त प्रतिष्ठानले साहित्यलाई जिवित राख्न बर्दिवासले केन्द्रिय नेतृत्व गर्ने बताइएको छ । अहिले जिल्ला स्तरिय फरक/फरक बिधाका डेढ दर्जन साहित्यिक संगठन महोत्तरीमा सक्रिय छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सिफारिस

छुटाउनुभयो कि ?

किन टिकेन ‘ओली–प्रचण्ड’ गठबन्धन ?

किन टिकेन ‘ओली–प्रचण्ड’ गठबन्धन ?

२०७९ फाल्गुन १६, मंगलवार ०८:१६ गते
निर्वाचन आचारसंहिता फुकुवा

निर्वाचन आचारसंहिता फुकुवा

२०७९ मंसिर २५, आईतवार १७:४७ गते
बालबालिकालाई छालाको एलर्जी, कारण अनेक

बालबालिकालाई छालाको एलर्जी, कारण अनेक

२०७९ मंसिर १२, सोमबार १०:४८ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते