ऐतिहासिक चिताईन मेला यहि फागुन २५ देखि ३० गतेसम्म लाग्दै

क्षितिज विश्वकर्मा, लालबन्दी । सर्लाहीको हरिपुरमा यहि फागुन २५ गतेदेखि ३० गतेसम्म मेला लाग्ने भएको छ । महाशिवरात्री पर्वको अवशर पारेर श्री लक्ष्मीनाथ महादेव मन्दिर विकाश समितीको आयोजनामा चिताईन मेला लाग्ने भएको हो ।

हरिपुर नगरपालिका वडा नम्बर ७ मा रहेको लक्ष्मीनाथ चिताइन महादेव मन्दिरमा लाग्ने मेलाको बारेमा मंगलबार मेला आयोजक समितीले पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ । करिव ४३ बर्ष लामो ईतिहास बोकेको मन्दिरलाई मधेश प्रदेश सांसद बेची लुंगेलीको बिशेष पहलमा पुनः निर्माण गरिएपछि झनै आकर्षक देखिएको छ ।

सो मन्दिरमा दर्शन गर्नाले तथा तरकारी खाने भाण्टाको भार बनाई चढाएमा चिताएको पुरा हुने, मुसा, कोठि तथा चर्मरोगहरु निर्मुल हुने र निसन्तानलाई सन्तान प्राप्त हुने जनविश्वास छ । कार्यक्रममा बोल्दै मेला आयोजक समितीका अध्यक्ष राजेन्द्र धामिले ऐतिहासिक चिताइन मेलालाई सफल पारिदिनका लागी सबैसँग आग्रह गरे ।

त्यसैगरि हरिपुर नगरपालिकाका नगरप्रमुख गोपाल पंजीयारले मन्दिरको पुनर्निमाण, ब्यवस्थापन र रेखदेखमा धेरै ढिला गरिएको महसुस आफुले अहिले गरेको धारणा राखे । उनले पहिला पहिला एक महिनासम्म मेला लाग्ने गरेको सम्झिँदै आफ्नो शरिरमा निस्किएका धेरै घाउ मन्दिरमा पुजा गरेकै कारण निको भएको बताए । त्यो बेला चिताइन मेलामा छिमेकी मुलुक भारतका बिभिन्न ठाउँदेखि रामेछाप, दोलखासम्मका भक्तजनहरु दर्शन गर्न, घुम्न र ब्यापार गर्न आउने गरेका नगरप्रमुख पंजियारले बताए । मन्दिरको संरक्षण, प्रचार प्रसार लगाएतका कार्यलाई प्राथमिकता दिन सके आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्ने र त्यसबाट नगरको समृद्धिमा टेवा पुग्ने मेयर मंजियारको मत छ । उनले नगरको बिशेष ध्यान मन्दिरमा रहेको समेत जानकारी गराए ।

बर्षमा एक पटक लाग्ने मेला ठेक्का नै मेलाको आम्दानीको मुख्य श्रोत हो । यस बर्ष १३ लाखमा मेला ठेक्का लागेको श्री लक्ष्मीनाथ चिताइन महादेव मन्दिर बिकाश समितीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

महोत्तरीमा साहित्यिक सम्मेलन हुँदै

महोत्तरीमा साहित्यिक सम्मेलन हुँदै

२०८० भाद्र २७, बुधबार २२:४८ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते