मुर्तियामा सोमबार साँझबाट हराएका बालकको शव पानी जमेको खाल्डोमा भेटियो

बरहथवा, असार १२ : सर्लाहीको मुर्तियामा सोमबार साँझबाट हराएका एक बालकको शव पानी जमेको खाल्डोमा भेटिएको छ ।

बरहथवा नगरपालिका १ मुर्तिया बस्ने प्रेम बहादुर राना मगरको अन्दाजी बर्ष ५ को छोरा अंकृत राना घरबाटै हराएका थिए । बालकको खोजी गर्ने क्रममा मंगलवार अपराह्न घरबाट करिव ८०० मिटर दक्षिणमा पर्ने सार्वजनिक जग्गाको पानी जमेको खाल्डोमा डुबेको अवस्थामा शव फेला परेको हो ।

पानी जमेको खाल्डोमा शव देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले घट्नाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको र शव पोष्टमार्टमको प्रकृयामा रहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते