गृहको निर्देशनपछि मापदण्डविपरीत सञ्चालित सर्लाहीका ८ क्रसर बन्द

सर्लाही : गृह मन्त्रालयको निर्देशनपछि मापदण्डविपरीत सञ्चालित सर्लाहीका ८ वटा क्रसर बन्द गराइएको छ। ती ८ मध्ये ५ वटा क्रसर बागमती नगरपालिकाभित्र रहेका छन् भने ३ वटा बरहथवा नगरपालिकामा छन्।

मन्त्रालयले मापदण्ड मिचेर सञ्चालनमा रहेका क्रसर र बालुवा प्रशोधन केन्द्र तत्काल बन्द गराउन निर्देशन दिएपछि पहिलो चरणमा दर्ता नभएका र नवीकरण नगराइ सञ्चालित ८ वटा क्रसरबन्द गराइएको हो। बन्द गरिएका क्रसर उद्योगमा बागमती स्यान्ड प्रोसेसिङ, हरिओम एग्रिग्रेट इण्डस्ट्रिज, एलिट एग्रिग्रेट प्रालि, भिजन रक एण्ड सप्लायर्स वासिङ प्रालि, गौतम गिटी बालुवा प्रशोधन एण्ड क्रसर उद्योग बरहथवा, हजरिया बालुवा गिटी प्रशोधन कम्पनी बरहथवा, दुर्गे उद्योग बन्द गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी स्थानेश्वर गौतमले जानकारी दिए।

घरेलु तथा साना उद्योग कार्यालय सर्लाहीमा २० वटा क्रसर दर्ता छन्। तीमध्ये धेरै क्रसरले नवीकरण पनि गरेका छैनन्। क्रसर तथा बालुवा प्रशोधन केन्द्रको अनुगमन गर्न हिजो भर्खर सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा अनुगमन समिति नै गठन गरिएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद अधिकारीको संयोजकत्वमा गठित सो समितिको अनुगमन प्रतिवेदनको आधारमा मापदण्ड मिचेर चलाइएका यहाँका अन्य क्रसर पनि बन्द गर्ने सर्लाहीका प्रजिअ गौतमले बताए। जिल्लामा अधिकांश क्रसर मानव बस्ती, वन जङ्गल र मुख्य राजमार्गनजिकै सञ्चालित छन्।

ती क्रसरले नजिकका खोलाबाट अवैध उत्खनन गर्ने गरेको स्थानीयको गुनासो बारम्बार आउने गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

एमाले उपाध्यक्ष बादललाई मातृशाेक

एमाले उपाध्यक्ष बादललाई मातृशाेक

२०७९ भाद्र १९, आईतवार ०५:०५ गते
कति समयपछि फेर्ने ओछ्यानको तन्ना ?

कति समयपछि फेर्ने ओछ्यानको तन्ना ?

२०७९ मंसिर १६, शुक्रबार १२:०३ गते
जनमत एमालेको पक्षमा छः नेता महेश बर्तौला

जनमत एमालेको पक्षमा छः नेता महेश बर्तौला

२०७९ आश्विन ६, बिहीबार १४:५६ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते