डेरी संचालनका लागी साना किसान कृषि सहकारी संस्था रानिगंजमा अन्तरक्रिया गरियो

  • क्षितिज विश्वकर्मा, लालबन्दी 

सर्लाहीको लालबन्दी नगरपालिका १७ रानिगंजमा आईतबार कृषक समुह र ब्यापारी तथा सेवा प्रदायक बिचमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल सरकार, उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय, ग्रामिण उद्यम तथा बिप्रेषण आयोजना (समृद्धि) जनकपुर करिडोर, धनुषाको आयोजनामा कार्यक्रम गरिएको हो । साना किसान कृषि सहकारी संस्था रानिगंजमा आवद्ध किसानहरुको डेरी संचालन गर्ने चाहनालाई सार्थकता दिनका लागी समृद्धि आयोजनाले  नम्बर १७ को वडा कार्यालयको सभाहलमा कार्यक्रम गरेको हो ।

सहकारीकी अध्यक्ष सान्नानी बुढाथोकीको अध्यक्षता तथा लालबन्दी नगर उपप्रमुख कल्पनामाया पाख्रिनको प्रमुख आतिथ्यतामा उपस्थित किसानहरुसँग अन्तरक्रिया गरिएको आयोजनाकी बित्तिय समावेशिकरण अधिकृत ईन्दिरा श्रेष्ठले जानकारी दिनुभयो । कार्यक्रममा उपस्थित सहकारीमा आवद्ध किसानलाई समृद्धि करिडोर संयोजक मोति बहादुर गीरिले सहजीकरण गर्नुभएको थियो ।

आयोजनाले बजारीकरण तथा प्राबिधिक रुपमा किसानहरुलाई सहयोग पु¥याउँदै आएको छ । डेरी संचालन गरेर मात्रै नहुने र त्यसलाई दिर्घकालिन रुपमा अघि बढाउनका लागी बजारीकरण तथा आवश्यक प्राबिधिक ज्ञानको लागी समृद्धि आयोजनाले सहयोग गर्दै आएको छ । आयोजनाले नगरको कृषि शाखा तथा नगरपालिकासँग समन्वय गरेर सहकारीलाई सहयोग समेत गर्ने बताईएको छ ।

साथै आयोजनाले दुधको सहज बजारीकरणका लागी सप्तरीको शुभम् डेरी संचालक मोहन दासलाई समेत कार्यक्रममा सहभागी गराएर किसानसँग समन्वय गराएको छ । दासले किसानमाझ दुधको बजारीकरण तथा प्राबिधिक रुपमा के कस्ता प्रकृया अपनाउन सकिन्छ भन्ने बिषयमा आफ्नो अनुभव प्रस्तु गरेका थिए । दासका अनुसार सर्लाहीबाट मात्रै शुभम् डेरीमा दैनिक १२ देखि १८ हजार लिटर दुध निर्यात हुने जानकारी गराउँदै बजारीकरणका लागी सहयोग गरिने बताएका थिए ।

साना किसान कृषि सहकारी संस्था रानिगंजले दुध डेरी संचालनका लागी तयारी गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सिफारिस

छुटाउनुभयो कि ?

रहेनन् गायक तथा कलाकार रोबिन तामाङ

रहेनन् गायक तथा कलाकार रोबिन तामाङ

२०८० असार १९, मंगलवार २३:३७ गते

ताजा अपडेट

लालबन्दीसहित मधेशबाट मात्रै ५ करोडको फूल बिक्री

लालबन्दीसहित मधेशबाट मात्रै ५ करोडको फूल बिक्री

२०८१ कार्तिक २६, सोमबार २०:१० गते
जनकृषि सहकारीको १४ औँ साधारणसभा सम्पन्न

जनकृषि सहकारीको १४ औँ साधारणसभा सम्पन्न

२०८१ कार्तिक २४, शनिबार २०:१७ गते
नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते