नेकपा (बहुमत)का जिल्ला ईन्चार्जसहित चार जनालाइ प्रहरीले पक्रियो

लालबन्दी, राजेश पाठक । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन खारेजीको माग सहित बिरोधका कार्यक्रम गरिरहेको नेपाल कम्युनिष्ट पार्टी बहुमतका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रवार दिउँसो नेकपा (बहुमत)का कार्यकर्तालाई सर्लाहीको हरिवनबाट प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले पार्टीको नवौँ महाधिवेशन आयोजक समिती सदस्य एवं सर्लाही जिल्ला ईन्चार्ज बिचारमान थिङ (निर्माण), राष्ट्रिय स्वयम् सेवक नेपालका केन्द्रिय उपाध्यक्ष अबिनास कुवँर, सर्लाही जिल्ला सचिवालय सदस्य भरत पुलामी, अनेरास्ववियु (क्रान्तिकारी) का सचिवालय सदस्य एवं मधेश प्रदेश संयोजक उपेन्द्र परियारलाई पक्राउ गरेको नेकपा (बहुमत) सर्लाहीका जिल्ला संयोजक पदम मगर (बिहानी)ले जानकारी दिनुभयो ।

पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय सर्लाही पठाइएको ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।

यता नेकपा (बहुमत)ले आफ्ना नेता, कार्यकर्तालाई बिना कारण प्रहरीले गिरफ्तार गरेको भन्दै बिज्ञप्ति निकालेर पार्टीको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । उसले सामान्य हिँडडुल गरिरहेको बखत पक्राउ परेका आफ्ना नेता कार्यकर्तालाई यथाशिघ्र रिहा गर्न माग गरेको छ ।

पार्टीले चुनाव अवज्ञा भनेको यो संसदिय ब्यवस्थाको बिरोध र बैज्ञानिक समाजवादी ब्यवस्थाका पक्षमा शान्तिपुर्ण तरिकाले जनसंघर्ष गर्नु रहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

एमालेले उम्मेदवार मापदण्ड भाेलि ताेक्ने

एमालेले उम्मेदवार मापदण्ड भाेलि ताेक्ने

२०७९ भाद्र १०, शुक्रबार १३:०३ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते