सिडियो गौतमको अध्यक्षतामा सर्वदलिय बैठक सम्पन्न

लालबन्दी । सर्लाही जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडियो) थानेश्वर गौतमको अध्यक्षतामा बिहिवार सर्वदलिय बैठक बसेको छ । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका बिषयमा सुरक्षा निकायका प्रमुख, राजनितिक दलका जिल्ला अध्यक्ष एवं प्रतिनिधिहरुको उपस्थितीमा सर्वदलिय बैठक बसेको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।

बैठकले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई निश्पक्ष, स्वतन्त्र, मर्यादित, पारदर्शि तथा भयमुक्त वातावरणमा सम्पन्न गर्नका लागी बिभिन्न तिन बुँदे निर्णय समेत गरेको छ ।

बैठकमा यहि मंसिर ४ गते आईतवार हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई निश्पक्ष, स्वतन्त्र, मर्यादित, पारदर्शि तथा भयमुक्त वातावरणमा सम्पन्न गर्नका लागी सबै राजनितिक दलहरुले प्रतिबद्धता जनाएका छन । त्यसैगरि निर्वाचन आयोगद्वारा जारि गरिएको आचार संहिता र कानुन बिपरित प्रचार प्रसार एवं सवारि साधनको प्रयोग नगर्ने निर्णय गरिएको छ । बैठकको अन्तिम निर्णयका रुपमा राजनैतिक दलबिच एक आपसमा सौहार्दपुर्ण रुपमा स्वच्छ एवं मर्यादित प्रतिस्पर्धा गर्ने र बिगतमा कुनै तिक्तता, असामन्जस्यता भए ति बिषयलाई निर्वाचन पश्चात वार्ताको माध्यमबाट हल गर्ने प्रयास गर्ने सहमति भएको छ ।

बैठकमा जिल्ला प्रशासन कार्यालय मलंगवाका सहायम प्रमुख जिल्ला अधिकारी हरिप्रसाद अधिकारीसहित सुरक्षा निकायका प्रमुखहरु भैरवी दल गण नवलपुरका प्रमुख सेनानी अभिषेक कार्कि, जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरि उपरिक्षक (एसपी) प्रवीण पोखरेल, शसस्त्र प्रहरी बल नेपाल १० नम्बर गण हेड क्वार्टरका शसस्त्र प्रहरी उपरिक्षक भरत खनियाँ, राष्ट्रिय अनुसन्धानका उप–अनुसन्धान निर्देशक चन्दन कुमार झा को उपस्थिती रहेको थियो ।

त्यसैगरि राजनितिक दलका तर्फबाट नेपाली कांग्रेसका उप–सभापति डा. सरोज राय, नेकपा माओवादी केन्द्रका अच्युतम काफ्ले, नेकपा एमालेका जिल्ला कमिटि सदस्य राम नरेश मण्डल, नेकपा (एस)का जिल्ला अध्यक्ष सुरेन्द्र लामा, जनमत पार्टीका अध्यक्ष जवाहर यादवसहित नेपाल परिवार दलका जिल्ला अध्यक्ष राम बिश्वास यादव, बहुजन एकता पार्टीका जिल्ला अध्यक्ष सुवोध पासवान र जसपा, लोसपाका पार्टी प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

बीमा समिति बन्यो ‘नेपाल बीमा प्राधिकरण’

बीमा समिति बन्यो ‘नेपाल बीमा प्राधिकरण’

२०७९ कार्तिक २२, मंगलवार ०९:५४ गते
पूर्वमन्त्री आलमसहित चार जना लाई जन्मकैद

पूर्वमन्त्री आलमसहित चार जना लाई जन्मकैद

२०८१ बैशाख १३, बिहीबार २२:०१ गते
रहेनन् गायक तथा कलाकार रोबिन तामाङ

रहेनन् गायक तथा कलाकार रोबिन तामाङ

२०८० असार १९, मंगलवार २३:३७ गते
सर्लाहीमा नक्कली नोटको बिगबिगी

सर्लाहीमा नक्कली नोटको बिगबिगी

२०८० बैशाख ५, मंगलवार १३:४४ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते