सर्लाही, असार १३ : जिल्ला प्रशासन कार्यालय सर्लाहीले अनुचित लेनदेन ९मिटरब्याज० सम्बन्धी परेको निवेदन फर्छ्यौट प्रक्रिया अगाडि बढाउने भएको छ ।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले मिटरब्याज सम्बन्धी परेको निवेदन फर्छ्यौट छलफलको माध्यमबाट गर्ने प्रक्रिया अगाडी बढाएको जनाएका हुन् ।
उनले आज सूचना जारी गरेर मिटरब्याज सम्बन्धी निवेदनबारे छलफलका लागि बोलाउँदा उपस्थित नहुने पीडितको निवेदन खारेज गरिने र उपस्थित नहुने पीडकलाई कानून बमोजिम कारबाही गरिने चेतावनी दिइएको छ ।
मिटरब्याज सम्बन्धी जाँचबुझ आयोगको ०८० वैशाख १४ गतेको पत्रानुसार मिटरब्याज पीडितहरुबाट ०८० बैशाख १७ गतेदेखि ०८० जेष्ठ १४ गतेसम्म जिल्ला प्रशासन कार्यालयहरुले पीडितहरुबाट निवेदन लिएको थियो ।