हरिवन ‘उत्तरी पाखाका जनता र अनन्त आशा’

  • भक्ती रिजाल, हरिवन ।

सर्लाहीकाे हरिवन नगरपालिका वडा नम्बर–१, कोठीखोलाकी कुन्ती रहपालले घरको करेसामा सोलार मार्फत लिफ्टिङ गरेर ल्याएको पानी पिउन थालेको धेरै भएको छैन । सोभा भन्छिन् ‘केही दिन अगाडि घरको करेसामा धाराको पानी आएपछि खुसीले आँसु झरेको थियो ।’

स्थानीय निर्वाचनताका हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकीले पानी, बाटो, शिक्षा, स्वास्थ्य र बिजुली बत्तिमा कुनै सम्झौता नहुने बताएका थिए । अहिले त्यही वाचा पूरा गर्दै ६५ घर परिवारलाई पुग्ने गरी पाखाका जनतालाइ पिउने पानी पुर्याउन सफल भएका छौं, बुढाथोकीले भने । श्रोत साधनको उपलब्धतालाई अधिकतम प्रयोग गरी उत्तरी पाखा कोठीखोला, बिलन्दी, केराबारी लगायतका स्थानमा बिकास योजना पुर्याउनु पर्नेमा मेयर बुढाथोकीको जोड छ ।

हरिवन नगरपालिकाकाे उत्तर तर्फका बस्तीमा दम्सैला, भिराला अनि मलिला पाटा बारी छन । ती बारीमा सिँचाइको सुबिधा पुग्ने हो भने किसानलाई आय आर्जनका दृष्टिले सहज हुने वडा नम्बर १ का वडा अध्यक्ष टम बहादुर घिसिङ बताउँछन् । सदियौँ देखी स्वास्थ्य, शिक्षा, बाटो, बिजुली र स्वच्छ खाने पानीको पहुँच भन्दा टाढा रहेका जनताले भोग्नु परेको कष्टकर जीन्दगीमा उपलब्धी सहितको मसिनो कामलाई प्राथमिकता दिनु पर्ने मेयर बुढाथोकीको भनाइ छ ।

कोठीखोलाका राम तामाङ गोले भन्छन् ‘हरिवन नगरपालिकाको मेयरमा रमेश बुढाथोकी निर्बाचित भए पछी बिकास निर्माणका कामले गति लिएको छ । यो महाअभियानलाई सफल पार्न जनस्तरमा पनि सकारात्मक प्रभाव परिरहेको छ ।’

कोठीखोलाका जनताको बुझाइ ‘हरिवन नगरपालिका वडा नम्बर १ को उत्तरी पाखामा शुन्दर सपनाको घुर्मैलो बिस्वासलाई अँगालेर बसेका जनताको दैनिकीलाई अपनत्व प्रदान गर्नु नै नगर प्रमुखको कर्तव्य हुने छ’ भन्ने  रहेको गोले बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
2
+1
0
+1
0

प्रतिक्रिया