जातिय भेदभाव तथा छुवाछुत सम्बन्धि अन्तरक्रिया सम्पन्न

  • प्रेमनाथ पौडेल

हरिवन, भदौ ६ । ‘जातिय भेदभाव तथा छुवाछुत अन्त्य गरौँ, समतामुलक समाजको निर्माण गरौँ’ भन्ने मुल नाराका साथ सर्लाहीको हरिवनमा एकदिने जातिय छुवाछुत नियन्त्रण तथा अनुगमन बिषयक अन्तरक्रिया सम्पन्न भएको छ ।

सामरी उत्थान सेवा समाज संस्था लालबन्दी २ र स्टोरि युवा क्लब हरिवनको आयोजनामा अन्तरक्रिया कार्यक्रम कार्यक्रम गरिएको हो ।

कार्यक्रमका बक्ताहरुले मानिसहरु चन्द्रमामा पुगि सकेको अबस्थामा अझै पनि हिन्दुधर्मको नाममा जातिय विभेदको कुरा निकालेर दलितहरुलाई पिडामा पारिएको बिचार राखेका थिए । संबिधानमै नेपालमा जातिय बिभेदको अन्त्य भएको घोषणा गरिएको भएपनि त्यो व्यवहारमा कार्यान्वयन हुन नसक्दा हालसम्म दलित समुदायमाथिको बिभेद हट्न नसकेको उनिहरुको भनाई थियो ।

समाजवाट जातिय विभेद र छुवाछुतको अन्त्य गर्नको लागी प्रत्येक घरबाट नै कार्यान्वयनका लागी जोड दिनुपर्नेमा बक्ताहरुको जोड थियो ।

यसैबिच कार्यक्रममा कार्यपालिका सदस्य सबिता बिकको अध्यक्षतामा ९ सदस्य ‘नगरपालिका स्तरिय जातिय छुवाछुत नियन्त्रण तथा अनुगमन समिति’ गठन गरिएको सामरी उत्थान समाजका कार्यक्रम संयोजक मनोज पासवानले बताउनुभयो ।

स्टोरि युवा संजालकि अध्यक्ष प्रज्ञा गदारिको अध्यक्षता एवं नगर प्रमुख रमेश बुढाथोकि (कमल)को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष टम बहादुर घिसिङ्ग, ओरेक नेपाककि दलित नेतृ देवकुमारि महारा, दलित अगुवा नेता राजाराम पासवान, राजेश पासवान, हरिवन नगरपालिकाकी उपप्रमुख हरिमाया घलान लगायतले दलित जाति र दलित जातिमाथि भएका बिभेद र त्यस्को न्युनिकरणका सम्बन्धमा धारणा राख्नु भएको दलित नेतृ लक्ष्मी पासवानले बताउनु भयो ।

दलित समुदायको हकहित, उनिहरुको उत्थान, आयआर्जन, जिबिको पार्जन, क्षमता अभिबृद्धि, नेतृत्व बिकाश, शिप बिकाशका साथै भौतिक पुर्बाधार निर्माण लगायतको क्षेत्रमा बिगत दुई दशकदेखि सामरि उत्थान सेवा समाजले सर्लाहीका बिभिन्न स्थानियतहहरुमा काम गर्दै अएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?

आज समाजवादी मोर्चाको घोषणा हुँदै

आज समाजवादी मोर्चाको घोषणा हुँदै

२०८० असार ४, सोमबार ०७:०९ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते