लालबन्दीमा बहुभाषासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

लालबन्दी : भाषा आयोग नेपाल र लालबन्दी नगरपालिका बिच भाषासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

सो क्रममा भाषा आयोगका सदस्य गोपाल अश्कले सर्लाहीको लालबन्दी नगरपालिका बहुभाषिक, बहुसांस्कृतिक पहिचान बोकेको नगरपालिका भएकाले शिक्षा, आम सञ्चारलगायतका क्षेत्रमा बहुभाषिक नीति अवलम्बन गर्नुपर्ने बताउनुभएको थियो । छलफलका क्रममा लालबन्दी नगर प्रमुख बासुदेव अधिकारीले स्थानीय सरकार स्थानीय जनताको नजिकको सरकार भएकाले आफूहरू यस विषयमा अत्यन्त गम्भीर रहेको र आवश्यक भाषिक नीति लिएर अघि बढ्ने बताउनुभएको थियो । कार्यक्रममा लालबन्दी नगरपालिकाका प्रशासकीय प्रमुख तारानाथ लुइटेलले नेपालको संविधान, २०७२ ले प्रदत्त गरेका अधिकारहरू नगरभित्र कार्यान्वयनका चरणमा लैजान जनशक्तिको अभाव रहेको अवगत गराउँदै थुप्रै चुनौतीहरू विद्यमान रहेका र त्यसलाई क्रमशः पार लगाउँदै जानुपर्ने आवश्यकता रहेको औँल्याउनु भएको थियो ।

त्यसैगरि भाषा आयोगका सचिव जयराम अधिकारीले नगरपालिकाले शिक्षा तथा आम सञ्चारका क्षेत्रमा नीतिगत ढङ्गले बहुभाषिक नीति लिएर अघि बढेमा प्राविधिकलगायतका क्षेत्रमा भाषा आयोगले भरपूर सहयोग गर्ने र भाषा संरक्षण, विकास र प्रवर्धनमा नगरपालिकालाई सहयोग गर्न भाषा आयोग सदैव तयार रहेको बताउनुभएको थियो ।

लालबन्दी नगरप्रमुख अधिकारीलाई आयोगका तर्फबाट सदस्य अश्क र सचिव अधिकारीद्वारा आयोगको तर्फबाट बिभिन्न पुस्तक हस्तान्तरण गर्दै/तश्विर : राजेश पाठक

लालबन्दी नगर वाङ्मय परिषद्, सर्लाहीको समन्वयमा सम्पन्न उक्त कार्यक्रममा भाषा आयोगका सदस्य गोपालप्रसाद सर्राफ (गोपाल अश्क), भाषा आयोगका सचिव अधिकारी तथा विक्रम राई सहभागी हुनुहुन्थ्यो भने लालबन्दी नगरपालिकाका तर्फबाट लालबन्दी नगर प्रमुख अधिकारी, उप–प्रमुख कल्पना पाख्रिन, प्रमुख प्रशासकीय अधिकृत लुइटेल, शिक्षा अधिकृत लक्ष्मी शिवाकोटी, अधिवक्ता विनु अधिकारीको सहभागीता रहेको थियो ।

लालबन्दी नगर वाङ्मय परिषद्को समन्वयमा सम्पन्न कार्यक्रममा परिषद्का तर्फबाट अध्यक्ष अच्युत अधिकारी र सचिव सुमन घिमिरे अग्रिम सहभागी हुनुहुन्थ्यो भने ईश्वरपुर नगरपालिकाका उपसचिव हरि दाहालको समेत कार्यक्रममा उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

गजल – उस्तै लाग्छ

गजल – उस्तै लाग्छ

२०७९ कार्तिक २९, मंगलवार १३:२८ गते
चिनियाँ सभामुख ली नेपाल आउँदै

चिनियाँ सभामुख ली नेपाल आउँदै

२०७९ भाद्र २७, सोमबार ०२:०१ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते