सिद्धार्थ बैंकले पनि आस्वा शुल्क नलिने घोषणा गरेको छ । अबदेखि लगानीकर्ताले यस बैंकको आस्वा सेवा प्रयोग गरेर सेयर भर्दा कुनै पनि शुल्क तिर्नुपर्ने छैन । यस अघि यो बैंकले आस्वावापत १० रुपैयाँ शुल्क लिँदै आएको थियो ।
योसँगै सी–आस्वा सेवा निःशुल्क प्रदान गर्ने बैंकको संख्या ७ पुगेको छ । नेपाल धितोपत्र बोर्डले सी–आस्वा सेवाको शुल्क अधिकतम ५ रुपैयाँसम्म लिन पाउने व्यवस्था गरेपछि बैंकहरुले धमाधम यसलाई निःशुल्क गर्न थालेका हुन् ।