नेपाल नगरपालिका कर्मचारी एशोसिएसनको मधेश प्रदेश अध्यक्षमा शर्मा

लालबन्दी : नेपाल नगरपालिका कर्मचारी एशोसिएसनको मधेश प्रदेश अध्यक्षमा अजय शर्मा चयन भएका छन ।

सर्लाहीको बागमतीमा शनिबार सम्पन्न नेपाल नगरपालिका कर्मचारी एशोसिएसनको मधेश प्रदेश प्रादेशिक तथा सर्लाही जिल्ला अधिवेशनले जिल्ला र प्रदेशको नेतृत्व चयन गरेको हो । बागमतीस्थत सीता प्यालेस होटलमा सम्पन्न अधिवेशनले अध्यक्ष शर्मासहित गोविन्द राय उपाध्यक्ष, नरोत्तम अधिकारी सचिव, सुशीला रौनियार कोषाध्यक्ष, सरोज लाल सह–सचिवसहित १६ सदस्यीय मधेश प्रदेश स्तरीय समिति गठन गरेको छ ।

त्यस्तै, अनिल कुमार गुप्ता अध्यक्ष, रामध्यान राय कोषाध्यक्ष र अशोक कुमार गुप्ता सचिवसहित १७ सदस्यीय सर्लाही जिल्ला समिति चयन गरिएको छ ।

नेपाल नगरपालिका कर्मचारी एशोसिएसनका केन्द्रीय अध्यक्ष डम्बर रोगुको अध्यक्षता तथा हरिवन नगरपालिकाका नगरप्रमुख रमेश बुढाथोकी (कमल) को प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको एशोसिएसनका केन्द्रीय उपाध्यक्ष चित्रबहादुर विश्वकर्माले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

सुख-शान्तिको चाहना : प्रेम रावत

सुख-शान्तिको चाहना : प्रेम रावत

२०७९ कार्तिक २४, बिहीबार २०:१५ गते
भारतीय फुटबलमाथि फिफाको निलम्बन हट्यो

भारतीय फुटबलमाथि फिफाको निलम्बन हट्यो

२०७९ भाद्र ११, शनिबार ०२:३४ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते