गजल – संसार अधिकारी

पढे हुन्छ नि दुई शब्द, सरोकार छ भने.!
पक्कै सुन्ला कोहिले त, पुकार छ भने.!

धेरै बोल्यौ तिमिले माया प्रेमको बारेमा,
म नि बोल्छु अलिकति, अधिकार छ भने.!

गजलमै कसम खान्छु जिवनभर साथ दिने,
जवाफ दिए हुन्छ ढुक्कले, इकरार छ भने.!

एक दिन नदेख्दा होस् या एकै छिन नबोल्दा,
पिर पर्छ पक्कै पनि मनमा, प्यार छ भने .!

लाज, उमंग, इज्जत,प्रेम मनमै सजाउला,
उतारे हुन्छ मुहारमा कुनै, श्रीङ्गार छ भने.!

✍️ संसार अधिकारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

error: Alert: Content selection is disabled!!