हरिवनको महादेव जनता माविका सेवानिवृत्त दुई शिक्षकको बिदाई

  • राजु तामाङ/हरिवन ।

सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर ८ मा रहेको महादेव जनता माध्यमिक विद्यालयका दुई शिक्षकले अनिवार्य अवकाश पाएका छन । सो विद्यालयका प्रधानाध्यापक जय शंकर सिंह र अङ्ग्रेजी विषयका शिक्षक सुरेन्द्र कुमार कार्कीलाई सेवानिवृत्त भएपछि मंगलबार एक औपचारिक कार्यक्रमका बिच बिदाई गरिएको हो ।

शिक्षकद्वय सिंह र कार्किलाई विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, विभिन्न संघसंस्थाका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, विद्यालयका शिक्षक–शिक्षिका, अभिभावक र विद्यार्थीहरुले अभिनन्दन–पत्र, दोसल्ला, फूलमाला र अबिरले सम्मान गर्दै बिदाई गरेका हुन । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन कुमार कार्कीको अध्यक्षता र नगर प्रमुख रमेश बुढाथोकीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उपप्रमुख हरिमाया घलान, वडाध्यक्ष प्रज्वल ढुंगाना, भूतपुर्व विद्यार्थी समाजका सह–संयोजक बिप्लब कार्की लगाएतको उपस्थिती रहेको थियो ।

सोहि विद्यालयकी शिक्षिका गिता घिमिरेले स्वागत मन्तव्य राखेको कार्यक्रममा भूतपुर्व विद्यार्थी समाजका सह–संयोजक कार्की, पुर्व प्रधानाध्यापक ङमेन्द्र प्रसाद घिमिरे, वडाध्यक्ष ढुंगाना, नगरप्रमुख बुढाथोकी लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा विद्यार्थीहरुले गीत तथा नृत्यहरु प्रस्तुत गरेका थिए भने एनसीसी र स्काउट ट्रप्सले मार्च पास प्रदर्शन गरेका थिए ।

प्रधानाध्यापक सिंहको निवृत्त पश्चात सहायक प्रधानाध्यापक गिरिराज रानालाई प्रधानाध्यापकको जिम्मेवारी प्रदान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?

फागुन १० गते बुधवारको दैनिक राशिफल

फागुन १० गते बुधवारको दैनिक राशिफल

२०७९ फाल्गुन १०, बुधबार ०६:३९ गते
आज सार्वजनिक बिदा

आज सार्वजनिक बिदा

२०७९ कार्तिक १, मंगलवार ०१:०९ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते