एन.प्याब्सन सर्लाहीको आयोजनामा हस्तलेखन तथा चित्रकला प्रतियोगीता सम्पन्न

लालबन्दी, असार १६ : सर्लाहीको लालबन्दीमा शनिवार चित्रकला र हस्तलेखन प्रतियोगीता सम्पन्न भएको छ ।

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (एन. प्याब्सन) सर्लाहीको आयोजनामा जिल्लाका एन.प्याब्सनमा आवद्ध २२ ओटा बोर्डिङ स्कुलको सहभागीतामा कार्यक्रम भएको हो । एन. प्याब्सन सर्लाहीका उपाध्यक्ष श्रीलाल क्याप्छाकी मगरको अध्यक्षता तथा मधेश प्रदेश अध्यक्ष डा. नन्दन यादवको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

वडा नम्बर ६ मा रहेको कम्युनिटि वेलफेयर ईंलिस स्कुलको हलमा सम्पन्न प्रतियोगीताको अंगे्रजी हस्तलेखन (ईंगलिस ह्याण्डराईटिङ) तर्फ राजदेवी ईंगलिस स्कुल पत्थरकोटका धिरज झा प्रथम भएका छन । त्यसैगरि क्याम्बरवेल एकेडेमि डाँडाटोल लालबन्दीका आकाश शर्मा दोश्रो र रोज गार्डेन मलंगवाका लक्कि यादव तेश्रो भए । नेपाली हस्तलेखनतर्फ कम्युनिटि वेलफेयरका अन्जितेस झा प्रथम, मोर्निङ स्टारकी प्रज्वला चौधरी द्वितिय र क्याम्बरवेलका अमित झा तृतिए भएका राजदेवी ईंलिस स्कुलका संचालक रबिन श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतियोगीतामा सहभागी बिद्यार्थीहरु

चित्रकलातर्फ पनि कम्युनिटि वेलफेयरकी पुजा ठाकुर प्रथम भएकी छिन । त्यस्तै ब्ल्यु स्काई एकेडेमि मलंगवाका सुजित यादव दोश्रो र बुद्ध एकेडेमिका प्रज्ञान गोले तेश्रो भए । प्रतियोगीतामा बिजयी बिद्यार्थीहरुलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगीताको निर्णायकमा हस्तलेखनतर्फ डुकेन्द्र प्रसाद पौडेल र चित्रकलातर्फ चित्रकार रुपेश चौधरी रहनुभएको थियो ।

युवराज भुजेल अध्यक्ष रहेको एन.प्याब्सनमा जिल्लाका ८० ओटा बोर्डिङ स्कुल आवद्ध छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
1

छुटाउनुभयो कि ?

उपाधी दावेदार सयपत्री युबा क्लब पराजित

उपाधी दावेदार सयपत्री युबा क्लब पराजित

२०७९ आश्विन २, आईतवार १३:३४ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते