भारतिय सिमामा १०८ फिटको झण्डोत्तोलन

मलंगवा । सर्लाही सदरमुकाम मलंगवा नगरपालिकाले नेपाल–भारत सिमाक्षेत्रमा नेपाली राष्ट्रिय झण्डा फहराएको छ ।

मंगलवार मलंगवा नगरपालिकाको आयोजनामा मलंगवा–सोनवरसा सिमा नजिकै १ सय ८ फिट अग्लो राष्ट्रिय झण्डा फहराएको हो । मधेश प्रदेशका अर्थ मन्त्री संजय यादवले एक कार्यक्रमका विच झण्डोत्तोलन गरे । मधेश प्रदेश सरकारको बिषेश अनुदानमा उक्त झण्डा ठड्याईएको थियो । उक्त झण्डाले नागरिकमा राष्ट्रियताको भाव प्रकट गर्ने कार्यक्रममा अधिकांस बक्ताहरुको दावी थियो ।

झण्डोत्तोलन कार्यक्रमलाई सम्बोधन गर्दे मधेश प्रदेशका अर्थ मन्त्री यादवले राष्ट्रियता खोज्न सिमाक्षेत्रका बस्ती बस्तीमा पुग्न आग्रह गरे । राष्ट्रियता बहसमा भन्दापनि ब्यवहारमा देखीनु पर्ने उन्को धारण थियो । मन्त्री यादवले मलंगवा नगरपालिकाले सिमाक्षेत्रमा यती ठुलो झण्डा ठड्याएर नेपाली तथा भारतिय पर्यटकलाई समेत नेपाली पनको आभाष गराउने काम गरेको बताए ।

यसले पर्यटनको विकास गर्नुको साथै, नगरको पहिचान तथा नौलो अभ्यास समेत हुने नगरपालिका कार्यलयले जनाएको छ । झण्डाको नजिकै भएर सिमा वारपार गर्नै क्रममा नेपाली मनहरुमा राष्ट्रियता प्रवर्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएका नगरपालिकाका मेयर नागेन्द्र प्रसाद यादवले जानकारी बताए । कार्यक्रममा अधिकांस बक्ताहरुले समेत सिमाक्षेत्रमा गरिएको यति ठुलो झण्डोत्तोलन कार्यक्रमको प्रशंसा गरेका थिए ।

मलंगवा नगरपालिका–४, निवासी खलिलहक अन्सारीले मलंगवा–८, मा १३ धुर जग्गा उपलब्द गराएपछि उक्त झण्डा ठड्याईएको थियो । उक्त परियोजना ३० लाखको लागतमा समपन्न गरिएको मलंगवा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गेहनाथ गौतमले जानकारी दिए । कार्यक्रममा मधेश प्रदेशसभाका सदस्य कौशलकिशोर राय, नगर प्रमुख नागेन्द्र प्रसाद यादव, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रमका विच मलंगवा नगरपालिका कार्यलयले मधेश प्रदेशका अर्थ मन्त्री यादवलाई ४१ किलोको मालाले सम्मान समेत गरेको थियो । उक्त स्थानमा तपाईलाई मलंगवामा स्वागत छ, लेखिएको डिजिटल बोर्ड, मलंबाबा मजारको दृश्य, मलंगवा बजारको दृश्य, जानकारी मन्दिरको तस्विर समेत राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते