सर्लाहीका ३ पालिकामा एकै दिन ३ हाकिम हाजिर

लालबन्दी । सर्लाहीका ३ पालिकामा बुधबार एकैदिन प्रमुख प्रशासकिय अधिकृत हाजिर भएका छन । लालबन्दी, हरिवन र हरिपुर्वा नगरपालिकामा ३ उपसचिव प्रमुख प्रशासकिय अधिकृतको रुपमा हाजिर भएका हुन ।

लालबन्दीमा उपसचिव वशन्त न्यौपाने आएका छन । उनि धनुषाको मिथिला नगरपालिकाबाट यहाँ आएका हुन । उनी लालबन्दी ७ कै स्थायी बासिन्दा हुन ।

त्यसैगरि हरिवनमा उपसचिव देवेन्द्र सापकोटा हाजिर भएका छन । बाजुराको बडिमालिका नगरपालिकाबाट हरिवन आएका सापकोटा साबिकको हरिवन गाबिस हुँदा समेत यहाँ कार्यरत थिए ।

उता हरिपुर्वा नगरपालिकामा नयाँ प्रमुख प्रशासकिय अधिकृतको रुपमा उपसचिव शम्भु प्रसाद यादवले हाजिर गरेका छन । राजनितिक खिचातानीका कारण यो समेत तेश्रो पटक हाजिर हुन आएका यादव यस अघि दुई पटक हाजिर हुन आएका थिए । गएको बैशाख १७ गते हाजिर हुन आएका यादवलाई १ घण्टामै फिर्ता बोलाईएको थियो भने असोज १७ गते पुनः आएका यादव २४ घण्टापछि फिर्ता भएका थिए ।

अहिले, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मंसिर २८ गतेको निर्णय अनुसार यादवलाई नगराइन नगरपालिका धनुषाबाट सरुवा गरि हरिपुर्वा नगरपालिकामा पठाएको हो । प्रमुख प्रशासकिय अधिकृत नहुँदा हरिपुर्वाको नगरसभा हालसम्म हुन सकेको छैन । शिक्षक, कर्मचारीले तलव खान पाएका छैनन्, सामाजिक सुरक्षा भत्ता समेत नपाउँदा आफुहरु मारमा परेको उनिहरुको भनाई छ ।

अहिले आएका हाकिमलाई पनि कहिले कतिबेला फिर्ता बोलाउने हो भन्ने त्रासमा मेयर विनोद कुमार साह तेली र कर्मचारी तथा प्रायन गरवासि छन ।

केहि दिन अघिमात्रै जिल्ला सदरमुकाम मलंगवामा उपसचिव होम प्रसाद सुवेदीले पुनः प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी सम्हालेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?

आपतकालिन उद्धार कार्यमा सेनाकै भर

आपतकालिन उद्धार कार्यमा सेनाकै भर

२०८० भाद्र ३, आईतवार २२:३३ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते