चितवन-२ मा रवि लामिछाने ३४ हजारभन्दा बढी मतान्तरसहित विजयी

चितवन : नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रवि लामिछाने चितवन-२ बाट भारी मतान्तरसहित प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।

लामिछानेले ४९ हजार २६१ मत ल्याउँदा उनका निकटतम् प्रतिस्पर्धी सत्तारूढ गठबन्धनका तर्फबाट उम्मेदवार रहेका उमेश श्रेष्ठको १४ हजार ९ सय ८३ मत आएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले बताए । लामिछाने ३४ हजार २ सय ८१ मतान्तर कायम गर्दै विजयी भएका छन् ।

एमाले उम्मेदवार कृष्णभक्त पोखरेलको १४ हजार ६ सय ४७ मत आएको छ । कृष्णभक्त पोखरेल ७४ सालको निर्वार्चनमा निकटतम् प्रतिस्पर्धी कांग्रेसका शेषनाथ अधिकारीभन्दा १७ हजार ३५६ मत बढी ल्याएर चितवन-२ बाटै प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए ।

चितवन-२ मा कुल मतदाता एक लाख २४ हजार २१४ रहेकोमा आइतबार भएकाे मतदानमा ८४ हजार ३१५ मत खसेको सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते