सर्लाहीमा शान्तिपूर्ण रुपमा मतदान जारी

सर्लाही : प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचन शान्पूर्ण रुपमा संचालन भइरहेको छ। सर्लाहीका  चारवटै प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा निर्धारित समयमा नै मतदान सुरु भएको प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले बताउनुभयो ।

केही मतदान स्थलमा प्रविधिक कारणले केही ढिला गरेर मतदान सुरु भए पनि जिल्लाका सबै ठाउँमा शान्तिपुर्ण रुपमा मतदान भईरहेको छ। प्रमुख जिल्ला अधिकारी गौतमले भने, सुरक्षा अवस्था अत्यन्त चुस्तदुरुस्त राखिएको छ ।

प्रमुख जिल्ला अधिकारी गौतमले निर्धक भएर मतदान गर्न जिल्लाका सम्पूर्ण मतदाताहरुमा आह्वान गर्नुभयो । केन्द्रीय सुरक्षा नीति तथा स्थानीय सूचनालाई आधार बनाएर जिल्लाका सबै स्थानमा सुरक्षा ब्यवस्था कडा बनाईएको जिल्ला प्रहरीका प्रमुख एसपी प्रविण पोखरेलले बताउनुभयो ।

एसपी पोखरेलका अनुसार आजको चुनाव सुरक्षाका लागि जिल्लामा ६ हजार बढि सुरक्षाकर्मी परिचालन गरिएको छ।

यस्तै, जिल्लाको रामनगर गाउँपालिका स्थित खैर्वामा सामान्य विवाद भएपछि मतदान सुरु हुनुपूर्व नै रोकिएको थियो। अहिले कडा सुरुक्षा ब्यवस्थाका साथ शान्तिपुर्ण ढंगले मतदान भईरहेको प्रहरी प्रमुख एसपी पोखरेलले बताउनुभयो । प्रहरीले सुरक्षालाई ध्यान दिदै पुर्व पश्चिम राजमार्ग तथा भित्री सडकहरुमा समेत सशस्त्र प्रहरी, नेपाली सेनाको गस्ती संगैँ चेकजाचँलाई समेत कडाई गरेको छ।

तश्विर : सामाजिक संजाल/श्री दुर्गा खोभारी जनता मा.वि. मतदान केन्द्र, चन्द्रनगर गा. पा. मा मतदान गर्दै राजेन्द्र महतो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

आज नयाँ बर्ष २०८०

आज नयाँ बर्ष २०८०

२०८० बैशाख १, शुक्रबार ०७:२१ गते
सर्लाहीमा २ बालबालिकाको मृत्यु

सर्लाहीमा २ बालबालिकाको मृत्यु

२०८० बैशाख ७, बिहीबार १९:०६ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते