पूर्वसूचना तथा सञ्चार सहायक मन्त्री यज्ञराज न्यौपानेको निधन

काठमाडौं : पूर्वसूचना तथा सञ्चार सहायक मन्त्री यज्ञराज न्यौपानेको निधन भएको छ।

लामो समयदेखि कलेजको समस्याबाट पीडित ६५ वर्षीय न्यौपानेको शहीद धर्मभक्त प्रत्यारोपण केन्द्र भक्तपुरमा उपचारका क्रममा निधन भएको नेकपा एमाले कालिकोटका अध्यक्ष जसीप्रसाद पाण्डेले जानकारी दिए। ​

न्यौपानेको शव पशुपतिको शव चिस्यान कक्षमा राखिएको छ। उनकी श्रीमती नेपालगन्ज र छोरा दुबईबाट आएपछि २ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ।

कालिकोटको रास्कोट नगरपालिका–८ स्थायी घर भएका न्यौपाने २०५१ सालमा प्रतिनिधिसभा सदस्य निर्वाचनमा कालिकोटमा निर्वाचित भएका थिए। उनी मनमोहन अधिकारीको ९ महिने सरकारमा सूचना तथा सञ्चार सहायकमन्त्री बनेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?

सर्लाहीको गोडैतामा एक पुरुषको शव फेला

सर्लाहीको गोडैतामा एक पुरुषको शव फेला

२०८० जेष्ठ ४, बिहीबार २१:१० गते
फागुन १० गते बुधवारको दैनिक राशिफल

फागुन १० गते बुधवारको दैनिक राशिफल

२०७९ फाल्गुन १०, बुधबार ०६:३९ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते