सर्लाही : कतै किसान रोपाइँमा व्यस्त, कतै आकाशे पानीको पर्खाइ

सर्लाही, असार २५ : को उत्तर पश्चिम क्षेत्रका किसान धान रोपाइँमा व्यस्त छन् भने अन्य क्षेत्रका किसान आकाशे वर्षाको पर्खाइमा छन् ।

कर्मैयास्थित बागमती सिँचाइको सुविधा भएको क्षेत्रमा धमाधम रोपाइँ भइरहेको छ। आकाशे पानीको भरमा रोपाइँ गर्ने अधिकांश किसान भने आकाशतिर हेर्दै वर्षाको प्रतीक्षामा बसिरहेका छन् ।

असारको चौथो साता भइसक्दा समेत अधिकांश किसानले रोपाइँ गर्न सकेका छैनन्। रोपाइँमा लागिपरेका सर्लाहीका किसान आकाशे वर्षा रोकिँदा चिन्तित छन् ।

केही दिनदेखि सामान्य वर्षा भइरहँदा धमाधम धान रोप्न थालेका किसान पानी पर्न रोकिएपछि निरास बनेका हुन्। जिल्लामा केही दिनदेखि पानी पर्न रोकिएको छ । बिहानैदेखि चर्को घाम लागेर गर्मी छ । यो वर्ष भल बग्ने गरी ठूलो पानी पर्नै सकेको छैन ।

३/४ दिन स्यार्रसुर्र परेको पानीमा यहाँका धेरैजसो ठाउँमा रोपाइँ सुरु भएको छ तर पानी पर्न रोकिएर चर्को घाम लाग्न थालेपछि आकाशे वर्षाको भरमा खेती हुने क्षेत्रमा रोपाइँ नै रोकिएको किसानले बताएका छन् ।

जेठको खडेरीले कतिपय किसानले ढिलो गरी धानको ब्याड राखेकाले पूरा फाँटमा रोपाइँ भएको छैन । नहर तथा कुलोको पानी लाग्ने र पम्पसेट चल्ने ठाउँमा रोपाइँ भइरहेको छ। कामदारको अभावमा रोपाइँ प्रभावित भइरहेको किसानले बताए। सर्लाहीको किसानको मुख्य बाली धान हो । जिल्लाका २० वटै पालिकामा धान खेती हुने गरेको छ ।

यसअघि जिल्लामा ६५ प्रतिशत रोपाइँ भएको कृषि ज्ञानकेन्द्र मलंगवाले जनाएको छ। यो वर्ष समयमा पानी नपर्दा किसानलाई छटपटीले पिरोलेको छ । वर्षाले साथ नदिँदा किसानले महँगीको डिजेल खर्चेर पम्पसेट चलाएर रोपाइ गरेका छन् ।

यो वर्ष बागमती सिँचाइ आयोजनाले वेलैमा नहरमा नछाड्दा नहरको पानी लाग्ने ठाउँका किसानले पनि निकै हैरानी खेपेका छन् । केन्द्रका अनुसार सर्लाहीमा ४६ हजार ६८० हेक्टर जमिनमा धान खेती हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?

बालबालिकालाई छालाको एलर्जी, कारण अनेक

बालबालिकालाई छालाको एलर्जी, कारण अनेक

२०७९ मंसिर १२, सोमबार १०:४८ गते
२ लघुवित्तको आईपीओ आउदैँ कुनको कति कित्ता?

२ लघुवित्तको आईपीओ आउदैँ कुनको कति कित्ता?

२०७९ भाद्र १७, शुक्रबार ०८:२० गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते